aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

आफ्नै छोराले गरे आमाबुवाको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
आफ्नै छोराले गरे आमाबुवाको हत्या

कञ्चनपुर । आफ्नै छोराले आमाबुवाको हत्या गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा भएको भण्डारी दम्पत्ती हत्या प्रकरणमा संलग्न छोरालाई कञ्चनपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ। गत फागुन १५ गते घरभित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न २६ वर्षीय छोरा भरत भण्डारीलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार भण्डारीले बुवा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ  डडेल्धुराबाट १३ गते मोटरसाइकलको ट्रायल दिन महेन्द्रनगर पुगेका भण्डारीले डडेल्धुरास्थित घर फर्किनका लागि हिडेका थिए।

तर, कैलालीको गोदावरी पुगेर उनी मादक पर्दाथ सेवन गरी कलुवार फर्किएका थिए । सोही राती आमासँग विवाद भएपछि हत्या भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस