
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले प्रहरीले बरामद गरेका मास्क तत्कालै बिक्री वितरण गर्न निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार मूल्य अनुसारको पैसा लिएर उपलब्ध गराउन निर्देशन दिएको हो ।
प्रहरीले बिक्री गरेको रकम प्रहरी कोषमा नै रहने छ । प्रहरीले उपलब्ध गराएका मास्क तत्कालै बिक्री वितरण गर्न पनि महान्यायाधिवक्ता अग्नि खरेलले निर्देशन दिएका हुन् ।
कालोबजारी गर्न लुकाएर राखेका १० लाख आठ हजार मास्क प्रहरीले आइतबार कपन र सतुङ्गलबाट बरामद गरेको छ । यस्तै गएको शनिबार डल्लु क्षेत्रबाट ७८ हजार मास्क बरामद भएको थियो ।
प्रतिक्रिया दिनुहोस