aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आफ्ना यात्रुको लागि कतार एयरवेजले ल्यायो यस्तो अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
आफ्ना यात्रुको लागि कतार एयरवेजले ल्यायो यस्तो अफर

काठमाडौं । कतार एयरवेजले कोरोना भाईरसका कारण उडान स्थगित भएका आफ्ना यात्रुहरुको पैसा फिर्ता दिने भएको छ । एयरवेजका अनुसार उडान स्थगित भएका वा टिकट फिर्ता गर्न चाहने यात्रुहरुलाई यिात्रा मिती परिवर्तन गर्नका लागि थप शुल्क नलिने भएको छ । 

कोरोना भाइरसका कारण विभिन्न देशहरुले यात्रामा प्रतिवन्ध लगाएका छन् भने कतिपय मुलुकले जारी गरिसकेको भिसा समेत रद्द गरिदिएका छन् । 

यसरी भिसा रद्द हुँदा पहिले नि टिकट खरिद गरिसकेका यात्रुहरु अन्यौलमा रहेको र टिकट रद्द गर्नु पर्दा ठुलो मात्रामा जरिवाना शुल्क बुझाउनु पर्ने बाध्यात्मक अवस्थामा पुगेका थिए ।
 
 आफ्ना त्यस्ता यात्रुको समस्यालाई ध्यानमा राख्दै कतार एयरवेजले विना शुल्क टिकट रद्द गर्ने वा अर्को मितीका लागि उडान तय गर्न चाहनेलाई समेत सो वापत थप शुल्क नलिने निर्णय गरेको कतार एयरवेज संम्वद्ध अधिकारीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस