aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

नेबिको बिष्कुटद्वारा बालबालिकालाई सहयाेग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
नेबिको बिष्कुटद्वारा बालबालिकालाई सहयाेग

काठमाडाैं । नेबिको बिस्कुटले ललितपुरको बुङमतीस्थित अपाङ्ग सेवा संघका आश्रित बालबालिकाका लागि बिस्कुटहरु सहयोग स्वरुप प्रदान गरेको छ । कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले सोमबार अपाङ्ग सेवा संघका अध्यक्ष दयाराम महर्जनको उपस्थितिमा अपाङ्ग बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

नेबिकोले यसअघि पनि अपाङ्ग सेवा संघलगायत अन्य सामाजिक संस्थाहरुलाई बिस्कुट सहयोग गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग गर्दै आएको ब्राण्ड म्यानेजर पौडेलले बताए । आगामी दिनमा यस्तो सहयोग गर्दे जाने बताए । 

संस्थाले अपाङ्ग बालबालिकालाई पढाउने तथा अन्य रचनात्मक क्रियाकलापमा लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस