aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

टाउको दुखेर आएकी विरामीको मृत्युपछि युनिभर्सल कलेज तनाव ग्रस्त

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • सोमबार, ०३ चैत्र २०७६
टाउको दुखेर आएकी विरामीको मृत्युपछि युनिभर्सल कलेज तनाव ग्रस्त

भैरहवा । टाउको दुखेर उपचार गर्न आएकी बिरामीको मृत्यु भएपछि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवामा तनाव उत्पन्न भएको छ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त र डाक्टर वीच झडप हुदा मेडिकल कलेजमा तनाव उत्पन्न भएको हो । नवलपरासीको बर्दघाट २ की यमकुमारी पुनको उपचारको क्रममा बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । 

शुक्रबार टाउको दुखेर उपचारका लागि मेडिकल कलेज आएकी पुनको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै चिकित्सक माथि हातपात भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले उपचारमा संम्लग्न जुनियर रेसिडेण्ट(जेआर) डाक्टर अर्चन घिमिरेलाई हातपात गरेका थिए । हातपात पछि डाक्टर घिमिरे सामान्य घाईते भएका छन् ।  

डाक्टरले कुटाई खाएपछि डाक्टरहरुको टिमले पनि बिरामीका आफन्त माथी कुटपिट गर्दै अस्पताल गेटबाट निकालेको मृतकका भदा कर्णबहादुर गुरुङले उल्लेख गरे । उनले टाउकोमा समस्या भएर अस्पताल भर्ना गरिएकी दीदीको स्वास्थ्यमा उल्लेख्य सुधार नआएको भन्दै काठमाण्डौ जानका लागि रिफर माग्दा अस्पतालले रिफर नदिएर लापरबाहि गरेर दिदिलाई मारेको आरोप लगाए । 

उनले दिदिको उपचार भईरहेको र सन्चो हुन्छ भन्दै राखेर रिफर माग्दा पनि नदिएको बताए । अस्पताल प्रशाशनले भने डाक्टरको लापरबाहिले पुनको मृत्यु नभएको जिकिर गरेको छ । पुनको मृत्यु भएको थाह पाएपछि आफन्तले केहि समय आन्दोलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस