aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमवार मध्यराति १२ बजेदेखि लागू हुनेगरि पेट्राललियम पदार्थको मूल्य घटाएको हो । 

आयल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपियाँ मूल्य घटाएको छ । त्यसैगरि हवाई इन्धनमा प्रतिलिटर ४ रुपियाँ ५० पैसा मूल्य घटाईएको निगमले जनाएको छ । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसंगै स्वचालित मूल्य निर्धारण विधि अन्र्तगत भारतिय आयल निगमले पठाएको नया मूल्य सूचि वमोजिम मूल्य समायोजन गरिएको हो ।  

नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपियाँ प्रतिलिटर मूल्य तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस