
काठमाडौं । चमत्कार नै गरे झै चीनले कसरी कोरोना नियन्त्रण गर्यो यो प्रश्न धेरैको मुखमा अहिले छ । खासमा चीनलाई यो पछिल्लो युद्धमा विजय गराउने देन भने केहि सफ्टवयेरहरुलाई दिदाँ फरक नपर्ने रहेछ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) र क्लाउड कम्प्यूटिङको सहायताले चीन सरकार कोरोना नियन्त्रणमा सफल बनेको छ । अलिबाबा जस्ता ठुला ईकमर्श कम्पनीहरुले त्यहाँ सफ्टवयेर उपलब्ध गराएर सरकारलाई सहयोग गराएका थिए । उनीहरुले ठुलो मात्रामा डाटाहरु संकलन र विश्लेषण गर्न सक्ने डिङटक जस्ता प्लेटफमहरु सरकारलाई उपलब्ध गराएका थिए ।
विरामी चिन्ने यस्तो विधि
चीनका डाक्टरहरुले संक्रमित व्यक्तिहरुलार्इ परमर्श गर्नका लागि २४ घण्टाको विभिन्न तालिकाहरु बनाएका थिए । यिनै एपहरुको माध्यमबाट विरामीहरुले डाक्टरहरुसंग अपोइन्टमेन्ट लिने र सोहि एप मार्फत प्राप्त भिडियोकलद्धारा परामर्श लिने व्यावस्था गरिएको थियो ।
ज्वरो मापन गर्ने आटिफिसिएल इन्टेलिजेन्स मानिसहरुको भिड हुने प्रत्यक ठाउँहरुमा जडान गरिएका थिए । जसको कारण कुनै पनि ज्वरो बढेको मानिस बाटोमा हिडिरहँदा समेत उसको पहिचान गर्न सजिलो भएको थियो । यो यति प्रभावकारी प्रविधि थियो कि यदि सुन्य दशमलव तीन डिग्री सेन्टिग्रेड मात्र ज्वरो आएको कुनै मानिसले मास्क र टोपि लगाएको रहेछ भने पनि उसलाई पहिचान गथ्र्यो । सो मानिस यो मेसिनको तीन मिटर टाढा भएपनि उसको ज्वरो मापन हुन्थ्यो ।
जब यसप्रकारको मानिस फेला पर्छ मेसिनले त्यहाँ रहेका कर्मचारीलाई तुरुन्तै जानकारी उपलव्ध गराउथ्यो । त्यो मानिस चिन्नको लागि फोटो समेत उपलब्ध गराएर मेसिनले नै सहयोग गथ्र्यो । एक सेकेन्डमा १५ जनासम्म मानिसको ज्वरो नाप्न सक्ने यस्ता मेसिनहरु त्यहाँको मेट्रोट्रेन (सबवे)का ढोकाहरुमा राखिएका थिए । यो सबै काममा सबैभन्दा सहयोगि चाहिँ अलिबाबाको डिङटक बनेको थियो ।
के हो डिङटक ?
डिङटक वास्तबमा अलिबाबाले आफ्नो प्रतिस्पर्धी कम्पनीको विच्याटसंग प्रतिस्पर्धा गर्न केहि वर्षअघि नै बनाएको हो । यो एपमा सजिलैसंग मानिसहरुले एउटा समूहमा कुराकानी गर्न र सुपभिजन गर्न सक्ने फिचरहरु छन् । त्यहि फिचरलाई प्रयोग गर्दै चीनमा कोरोना संक्रमितहरुको ट्राकिङदेखि लिएर उनीहरुलाई आवश्यक निर्देशन तथा सुझाव सल्लाह दिने सम्मको काम गरिएको थियो ।
डिङटक यसबीच यति लोकप्रिय बन्यो कि केहि दिनको अन्तरालमा नै यो एप त्यहाँको तेश्रो अत्याधिक डाउनलोड गरिएको एप बनेका छ । त्यसो त विगतमा विधार्थीहरुलाई गृहकार्य गराउन तथा आफ्ना अफिसका कर्मचारीलाई हाकिमले काम लगाउन प्रयोग गरिदै आएको यो एप निकै नै आलोचित समेत थियो । तर संकटका बेला त्यहि प्रविधि देवदूत झै बन्न सफल भयो ।
कसरी गर्यो यसले काम ?
सञ्चार माध्यममा उल्लेख भएअनुसार चीनमा डिङटकलाई कोरोना नियन्त्रणको प्रमुख साधनको रुपमा प्रयोग गरिएको थियो । जसको माध्यमबाट आम मानिसहरुको स्वास्थ्य संग सम्बन्धित जानकारी र सूचनाहरु संकलन गरियो । यसैको माध्यमबाट कोरोना भाइरस संग सम्वन्धित चिकित्सकहरुद्धारा निर्माण गरिएका सूचना र सन्देशहरु समेत प्रवाह गरिएको थियो ।
कोरोनाको संक्रमण भएका, संक्रमणको संम्भावना देखिएका र उनीहरुको समिटमा पुगेका मानिहरुलाई विभिन्न श्रेणीमा वर्गिकरण गरेर यो एपले सूचनालाई केन्द्रिकितरुपमा विश्लेषण गर्ने ठाउँसम्म पुर्याउथ्यो । एआइको माध्यमबाट ति सूचनाहरुको विश्लेषण गर्ने र सरोकारवाला निकाय र व्यक्तिहरुमा त्यहि अनुरुपको जानकारी र सूचना प्रवाह गर्ने काम गरियो ।
यसरी संक्रमित मानिस कहाँ छ उ कसको सम्पर्कमा पुग्यो र कुन कुन ठाउँमा भ्रमण गर्यो लगाएतका सो व्यक्तिका सबै गतिविधिहरु एप मार्फत राज्यको पहुँचसम्म पुग्यो । जसका कारण राज्यलाई आवश्यक निर्णय लिन अनि उपचार नियन्त्रणका लागि गर्नुपर्ने कामहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउन सहज भयो ।
चीनको सर्वाधिक ठूलो इन्टरनेट कम्पनी वाइडुले मात्र ६ दिनको समयमा अनलाईन प्लेटफम निर्माण गरिदिएर चाइनिज मेडिकल एसोसियसनलाई जिम्मा दिएको थियो । चीनले हालै विकास गरेको फाइभ जी टेक्टोलोजिसमेत कोरोना नियन्त्रणमा सहायक बनेको चिनियाँ सञ्चारमाध्यमहरुले गर्वका साथ उल्लेख गरेका छन् ।
के यो नेपालमा सम्भव छ ?
नेपालमा यदि चाहाने हो भने यो सबै संम्भव छ । भलै हामीसंग फाइभ जी इन्टरनेट नहोला तर स्मार्ट फोनमा प्रयोग गर्न सकिने हेल्थ एप निर्माण गर्ने र आवश्यक सूचनाहरु सोहि एप मार्फत प्राप्त र प्रवाह गर्ने कुरा आजको भोलि नै गर्न सकिने काम हो ।
अस्पतालहरुमा पुगेका विरामीका जानकारी केन्द्रिकृत रुपमा राख्न सक्ने र एक अस्पतालबाट अर्को अस्पतालमा विरामी पुगेको खण्डमा निजको विगतको अवस्था र उपचारबारे सजिलै जानकारी लिन सकिने सफ्टवेयर नेपालमै निर्माण भइसकेको छ । हेल्फ इन्फर्मेटिक्स प्रालिले तयार पारेको हेल्दि लाईफ एचआइएस (हेल्दि लाइफ हेल्थ इन्फरमेसन सिस्टम) नामक अस्पताल सफ्टवेयरमा विरामीको सम्पुर्ण सूचना र उपचारका क्रममा गरिएका सबै गतिविधीहरुको जानकारी राख्ने र त्यसलाई विश्लेषण गर्न सक्ने गरि व्यावस्था मिलाईएको छ ।
हाल पाटन अस्पताल, थापाथलि स्थित प्रसुति गृह, नेपाल प्रहरी अस्पताल लगायतका सरकारी र निजी अस्पतालमा समेत प्रयोगमा रहेको यो सफ्टवेयरमा मोबाईल एप र सूचनालाई केन्द्रिकृत गर्ने डेटा रिपोजेटरी सिस्टम समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस