aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
विश्वविद्यालयका पदाधिकारीका लागि नयाँ योग्यता र मापदण्ड सिफारिस

विश्वविद्यालयका पदाधिकारीका लागि नयाँ योग्यता र मापदण्ड सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ जेठ २०७६
विश्वविद्यालयका पदाधिकारीका लागि नयाँ योग्यता र मापदण्ड सिफारिस

काठमाडौं । ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने ब्यवस्था परिवर्तन गरी राष्ट्रपति र उपराष्ट्रपति राख्न सिफारिस गरेको हो ।

कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुझाएको प्रतिवेदनमा साना विश्वविद्यालयसहित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपराष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सिफारिस गरेको छ । सबै विश्वविद्यालयको समन्वयका लागि सहकुलपतिमा शिक्षामन्त्री नै हुनुपर्ने कार्यदलले सिफारिस गरेको छ ।

कार्यदलको सिफारिस कार्यान्वयन गर्न विश्वविद्यालयका ऐन तथा नियम संशोधन गर्नुपर्ने मन्त्रालयका अधिकारीको भनाई छ । प्रधानमन्त्री व्यस्त हुने र सबै विश्वविद्यालयलाई समय दिन कठिन हुने भएकाले कुलपतिमा राष्ट्रपति र उपराष्ट्रपति सिफारिस गरेको कार्यदलका एक सदस्यले बताए । शिक्षा मन्त्रालयका सहसचिव डा। हरिप्रसाद लम्सालको संयोगकत्वमा मन्त्रालयले कार्यदल गठन गरेको थियो । 


कार्यदलले कुलपति, सहकुलपति, सेवा आयोगका अध्यक्ष, रेक्टर, रजिस्ट्रार, डिन र कार्यकारी निर्देशकलाई पदाधिकारी मानेर नियुक्तको मापदण्ड र आधार सिफारिस गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘सिफारिस गरेको मापदण्ड कर्यान्वयन भएमा प्रतिस्पर्धामा आधारित नियुक्ति हुने र योग्य व्यक्ति आउनुका साथै पारदर्शिता कायम हुनेछ ।’ नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस