aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एस बैंक डुबाउन भारतकै ठूला व्यापारीको हात, अम्बानीले मात्रै १२,८०० करोड ऋण तिरेनन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ चैत्र २०७६
एस बैंक डुबाउन भारतकै ठूला व्यापारीको हात, अम्बानीले मात्रै १२,८०० करोड ऋण तिरेनन्

एजेन्सी । भारतको यस बैंक प्रकरणमा पूर्व संस्थापक राणा कपूर पछि, प्रवर्तन निर्देशालय(इडी)ले अब ठूला ऋणको रूपमा बैंकबाट ठूलो रकम लिनेलाई ताकेता सूचना जारी गरेको छ । जसको काण यस बैंकलाई संकटतर्फ उन्मूख बनाए । यस बैंकका कारण प्रवर्तन निदेशालयले कुल १८ जनालाई जारी गरेको उक्त सूचनामा सबैलाई १७ मार्चदेखि मार्च २१ सम्म लागु गर्न इन्फोर्समेन्ट डाईरेक्टोरले बोलाएको छ।


वास्तवमा, ईडीले खाता होल्डरहरूलाई यस बैंकबाट लिएको ऋणबा बारेरमा सूचना जारी गरेको छ । जुन गैर सम्पत्ति (एनपीए( मा परिणत भइसकेको थियो । रिलायन्स समूहका सीईओ अनिल अंबानी, जेट एयरवेजका संस्थापक नरेश गोयल, एस्सेल समूहका सुभाष चन्द्र, डीएचएफएलका वाधावान, भारत बुल्सका प्रवर्तक समीर गहलोत र गौतम थापरको नाम उक्त सूचनामा रहेको छ।

सबैभन्दा ठूलो ऋण धारक अनिल अम्बानीले लिएका छन, जसको येस बैंकको १२,८०० करोड रुपैया भारु छ। नरेश गोयलको ५५० करोड, सुभाष चन्द्रको ८४०० करोड, डीएचएफएललाई ३७०० करोड र अवन्त समूहका निर्देशक गौतम थापरको कम्पनीलाई १९०० करोड ऋण तिर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस