aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपतिविरुद्ध भारतमा मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ चैत्र २०७६
कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपतिविरुद्ध भारतमा मुद्दा

भारत । कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङविरुद्ध भारतको एक अदालतमा मुद्दा परेको छ। भारतका लागि चिनियाँ राजदूतविरुद्ब पनि भारतको बिहारस्थित मुज्जफुर अदालतमा मुद्दा दर्ता गरिएको हो।

चिनियाँ राष्ट्रपति सि जिङपिङ र भारतका लागि चीनका राजदूत सीन वाइडङविरुद्ध मुज्जफुर अदालतमा मुदा दायर भएको हो। अधिवक्ता सुधीर कुमारले उनीहरुले कोभिड १९ फैलाएको आरोपमा मुद्दा लगाएका हुन्। यसको सुनुवाइ अप्रिल ११ मा न्यायीक अधिकारीको कार्यालयमा हुनेछ।

भारतभर विदेशीसहित १ सय १७ जनामा कोरोना संक्रमित भेटिएका छन्। जसमा दुईजनाको अहिलेसम्म ज्यान गइसकेको छ। गत वर्षको डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक कोरोना भाइरसको संक्रमित भेटिएका थिए। 

कोरोना भाइरस सय भन्दा बढी राष्ट्रमा फैलिइसकेको छ। एक लाख ३० हजार भन्दा बढीमा यसको संक्रमण भएको पुष्टि भइसकेको छ। विश्‍व स्वास्थ्य संगठनले महामारीको रुपमा फैलिइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस