aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

दुबई पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने मगर पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ चैत्र २०७६
दुबई पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने मगर पक्राउ

काठमाडौं । दुबई पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति गोंगबुबाट प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ ढोरपाटन नगरपालिका ४ खुङ्गाका हाल काठमाडौं रानीवन बस्दै आएका ३८ वर्षीय शिव कुमार घर्ती मगरलाई महानगरीय अपराध महाशाखाले गोंगबु चोकबाट सोमबार पक्राउ गरेको हो।

मगरले दुबईमा वर्किङ भिसामा आकर्षक तलब हुने भन्दै विभिन्न मितिमा ९ जना व्यक्तिहरूबाट १० लाख ५३ हजार एक सय लिई सम्पर्कविहीन भएका थिए।

घर्ती मगरले ठगेर अलपत्र भएको भन्दै पीडित खगेन्द्र चौधरीले उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा महाशाखाले उनको खोजीतलासी गर्न थालेको थियो। प्रहरी टोलीले घर्ती मगरलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा थप अनुसन्धान तथा कारबाहीको लागि पठाएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस