aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

'तर, चुनाव सकिएपछि त हामी एकै हौं नि’ (भिडियोसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ चैत्र २०७६

यति बेला नेपाली उद्योगी व्यवसायीहरूको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघ चुनावी माहोलमा होमिएको छ । यहि चैत २८ र २९ गते हुने महासंघको  साधारणसभाले नयाँ कार्य समिति समेत चयन गर्नेछ । महासंघको चुनावमा दुई वटा प्यानल बनेको छ ।

नयाँ कार्य समितिमा अध्यक्ष अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष नै बन्ने प्रावधान छ । त्यसैले वरिष्ठ उपाध्यक्ष र अन्य उपाध्यक्षको मात्र चुनाव हुन्छ ।  वरिष्ठ उपाध्यक्षका लागि हाल महासंघका उपाध्यक्षद्वय आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दिने भएका छन् । प्रधान प्यानलको  एसोसिएट उपाध्यक्षमा पुराना व्यवसायिक घरानाका सौरभ ज्योतिले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनै ज्योतिसँग महासंघको चुनावी विषयमा गरिएको आर्थिक बहस: 

चुनावी माहोल तातिरहेको छ । माहोललाई आफ्नो पक्षमा पार्न के गर्दै हुनुहुन्छ ?  

भलै चुनाव आउन १ महिना बाँकी छ । तर, मैले त ३ वर्षदेखि एसोसिएटस उपाध्यक्षमा उठ्छु भनिरहेको छु । म महासंघभित्र नै बसेर काम पनि गरिरहेको छु । यो तयारी ३ वर्षदेखि कै हो ।

अहिले म इन्स्योरन्स र फाइनान्स कम्पनीको सभापतित्व पनि गर्दै आएको छु । अहिलेको मात्र तयारीले केही हुदैँन् । मेहनत हेर्दा अहिलेसम्म राम्रै तयारी भएको छ । चुनावमा जाँदा टिम नै जाने हो । सफल भइन्छ भन्ने मेरो विश्वास छ  ।

महासंघको चुनावलाई वडा दशैंभन्दा पनि ठूलो.उत्सवको रुपमा लिइन्छ । नजिकिदै गएको चुनाव, कोरोना संक्रमणको त्रास र देशभरिका सदस्यमा पुग्नुपर्ने बाध्यतालाई कसरी व्यवस्थापन मिलाउँदै हुनुहुन्छ ?
सर्वप्रथम त महासंघको चासो मानव स्वास्थमा नै हो । के गर्दा कोरोना लाग्दैन भन्ने कुरालाई ध्यानमा राखेर हामी चुनाव अघि बढाउँछौं । महासंघको बोर्ड बैठकले केही निर्णय गर्ला । मलाई विश्वास महासंघले स्वास्थ्यलाई रिक्समा राखेर चुनाव अगाडी बढाउदैन । सबै सदस्यहरूको सुरक्षा र स्वास्थ्य हेरेर अघि बढ्छ । 

तपाईका चुनावी एजेन्डा कस्ता छन् ?  
म महासंघमा आवद्ध भएको चार कार्यकाल भईसकेको छ । पहिला म उत्पादनमूलक र उत्पादकत्व कमिटीको सभापति थिएँ । त्यसपछि मैले महासंघको नेशनल अवार्ड कमिटीको सभापतित्व गरे । राजश्व समितिको सभापतित्व पनि गरँे । अहिले म बैंक, फाइनासन्स तथा बीमा कम्पनीको सभापतित्व गरिरहेको छु । मेरो एउटैमात्र एजेण्डा हो, निजी क्षेत्रको विकास गर्ने । अर्थतन्त्रको विकास गर्ने । महासंघ कार्य समितिमा युवा पुस्ताको सहभागिता हुनुपर्छ भन्ने हो । रोजगारी सिर्जना हुनुपर्यो । उत्पादन बढ्नु पर्यो ।
 
तर, एजेण्डा नै भन्नुपर्दा यो कार्यकालको माहोल अलि गाह्रो हुँदै गइरहेको छ । सबै क्षेत्रमा चुनौती छन् । घरजग्गाकै कुरा गरौं, रेमिट्यान्सकै कुरा गरौं, उद्योग तथा अटोमोवाइल तथा अहिले आएर पर्यटन क्षेत्रमा समेत चुनौती देखिएको छ । हामी जस्ता राष्ट्रिय तथा अन्य व्यवसायीहरूको सुरक्षा र सम्मान हुनुपर्ने, त्यो हामीले पाइरहेका छैनौ । यसरी हेर्दा एक किसिमले कन्जुस भइरहेको छ । सम्मान र सुरक्षाको व्यवस्था हुनुपर्छ । लगानीको वातावरण बन्नुपर्छ । लगानीको पनि सुरक्षा हुनुपर्छ । 

ठूलो संस्था भएकोले गाह्रो छ, केही विवाद पनि छन् । व्यवस्थापनमा केही समस्या छन् । महासंघ भनेको हामी उद्यमी व्यवसायीको लागि एउटा मुटु हो । त्यो मुटु जति धड्किन्छ, उति स्वस्थ बन्छ ।

त्यो वाहेक महासंघ एउटा ठूलो संस्था हो । ठूलो संस्था भएकोले गाह्रो छ, केही विवाद पनि छन् । व्यवस्थापनमा केही समस्या छन् । महासंघ भनेको हामी उद्यमी व्यवसायीको लागि एउटा मुटु हो । त्यो मुटु जति धड्किन्छ, उति स्वस्थ बन्छ । त्यसैले महासंघ जति क्रियाशिल हुन्छ त्यति नै बलियो बन्ने हो । बोर्ड कमिटीमा सक्षम र दक्ष व्यक्ति पुग्न सके राम्रो हुन्छ र महासंघ पनि बलियो बन्छ । प्रभावकारी रुपमा काम गर्न सकिन्छ । हामी महासंघमा सेवा गर्न जाने हो । अर्थतन्त्र राम्रो र बलियो बनाउने हिसावले काम गछौं ।
 
यस्तो परिस्थितिमा काम गर्न कतिको सहज होला ? कसरी अगाडी बढ्नु हुन्छ ? 
सहज त कुनै काम पनि हुँदैन । चुनौती भएकै ठाँउमा काम गर्ने अवसर मिल्ने हो । महासंघमा चुनौती छ र त हामी काम गर्न जान लागेका हौं । व्यवसायीहरूलाई उद्यम व्यवसाय गर्न अवसर मिलाइदिने, विभिन्न नीतिगत कुरामा देखिएका अप्ठ्यारो अवस्थाको गाँठो फुकाइ दिने हो । यो काम गर्ने मौका पनि हो ।
 
मलाई लाग्दैन महासंघभित्र विवाद छ, काम गर्ने वातावरण छैन भन्ने कुरा म मान्दिन । चुनाव भनेको प्रजातान्त्रिक प्रकृया हो । चुनाव भनेको एक दिन हुने हो । चुनावका बेला आ–आफ्नो प्यानल होला । तर, चुनाव सकिएपछि त हामी एकैै हौं नि । व्यवसायी नै हौं । एकै हुनु पनि पर्छ । महासंघ मात्रै होइन अन्य संघ संस्था पनि एकजुट भएर अर्थतन्त्र बलियो बनाउन लागि पर्नुपर्छ । 

आर्थिक विकासबाट समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रको जुन उदेश्य छ त्यसलाई सफल बनाउन लाग्नु पर्छ । हामी निजी क्षेत्र अर्थतन्त्रका मेरुदण्ड हौं । हामीले यो कुरा बुझ्नु जरुरी छ । 

पछिल्लो समय महासंघ आफैले बनाएको नीति नियममा अस्थिरता देखिएको छ नि ?
विधान भनेको एउटा गाइडलाइन हो । यसबाटै संस्था चल्छ । महासंघ स्थापना भएको ५४ वर्ष भइसकेको छ । विधान पनि समय अनुसार परिवर्तन र परिमार्जन हुनपर्छ । देशकै कुरा गर्दा पनि पहिला राजतन्त्र थियो । त्यसपछि प्रजातन्त्र आयो र अहिले हामी संघीयतामा गएका छौं । समयअनुसार देश वा कुनै पनि संस्थालाई गाइडलाइन गर्ने विषयहरू बुँदागत रुपमा परिमार्जन परिस्कृत बनाउँदै जानुपर्छ । यसले संस्थाको हित नै गर्छ । 

शेखर गोल्छाज्यू अध्यक्ष बन्नु हुन्छ । हामी उहाँकै टिममा छौं । हामी सबैबाट  सरसल्लाह लिएर अघि बढ्छौ । जसले महासंघ नेतृत्वले गरेका हरेक काम रिजल्ट ओरिन्टेड बनाउँछ ।

महासंघ स्थापित हुन ज्योति गु्रपले खेलेको भुमिकालाई अझ चम्किलो बनाउन  अर्थात आफ्नोे खासलाई माथि पुर्याउन के गर्नुहुन्छ ? 

म आफूलाई महासंघको एसोसियट उपाध्यक्षको रुपमा सही ठान्छु । तर, त्यसो भन्दैमा महासंघ भनेको म एक जनाले चलाउने होइन । लिडरशीप महत्वपूर्ण हो । अब शेखर गोल्छाज्यू अध्यक्ष बन्नु हुन्छ । हामी उहाँकै टिममा छौं । हामी सबैबाट  सरसल्लाह लिएर अघि बढ्छौ । जसले महासंघ नेतृत्वले गरेका हरेक काम रिजल्ट ओरिन्टेड बनाउँछ ।

विगतमा हामी आन्तरिक विषयमा अल्झियौं । विगतमा जे भयो भयो त्यसलाई हामी फेर्न सक्दैनौ । अब हामी परिणाम प्राप्त गर्ने उद्देश्य सहित अघि बढ्छौ । जसले गर्दा अब महासंघ फेरि सबैले गर्व गर्न लायकको बन्छ । अझै शिखरमा पुग्छ ।

तपाईले प्यानल कसरी छनोट गर्नुभयो  ?
मेरो व्यक्तिगत कुरा गर्दा म सबै जना मिलेर जाऊँ भन्ने व्यवसायी हुँ । प्यानल हुनुहुँदैन भन्ने मेरो धारणा पनि हो । प्रयास पनि गरेकै हो । अहिले पनि गरिनै रहेको छु । तर, दुर्भाग्य बस दुईवटा प्यानल हुन गयो  । म व्यक्तिगत रुपमा सफल हुन सकिन । त्यहि पनि यो चुनाव हो । कसैको जित र कसैको हार भइहाल्छ । कुनै एक प्यानलमा जानै पर्ने भएपछि म किशोर प्रधानज्यूको प्यानलमा गएको हुँ । चन्द्रप्रसाद ढकालज्यूको अर्को प्यानल छ । म यता आएँ । 

हामी सबैले चुनाव सकिएको दिनदेखि एउटै एजेण्डा बोक्नुपर्छ । कोही सही र गलत हुँदैन । उहाँको हकमा उहाँ सहि हुनुहुन्छ,  हाम्रो हकमा हामी सही हौं । तर, चुनाव पछि हामी एकै भइहालिन्छ । यसमा दुईमत छैन ।

अध्यक्षलाई सफल पार्न हामी लाग्ने हो । अध्यक्ष सफल हुनु भनेको हामी सफल हुनु हो । महासंघ सफल हुनु हो । अध्यक्षको टिम हो । हामीमा भएको कमी कमजोरीलाई केलाएर महासंघलाई बलियो बनाउँदै अघि बढ्ने हो ।  

चुनावमा म विजय भएपछि मेरो जिम्मेवारी पुरा गर्न मैले लागि पर्नुपर्छ । रोजगारदाता परिषद, श्रम ऐन, सामाजिक सुरक्षा, आईएलओसँगको डिल लगायतका विषय छन् । यस विषयमा मैले नै आवश्यक काम गर्नुपर्छ । त्यसैले यो एकदम चुनौतीपूर्ण छ । मलाई हार्न भन्दा जित्न च्यालेन्ज छ जस्तो लाग्छ । 

सेकेण्ड जेनेरेशनले महासंघको लिड गर्दै गर्दा नयाँ जनेरेशनको महासंघ प्रति कुनै भिजन होला नि ? साखलाई माथि ल्याउने ? 
अवश्य पनि । महासंघको सञ्जाल तल्लो तहसम्म छ ।  ग्रास रुट लेभलसम्म सुरक्षित बनाउने वातावरणमा हामी लाग्छौ । निजी व्यवसायीसँग सम्बन्धित ऐन, नीति, नियम पनि परिवर्तन गर्नुपर्ने हुन्छ । औद्योगिक ऐनमात्र होइन कर कानुनसम्मका कुरा छन् । जसले ठूला उद्यमी व्यवसायीकोमात्र होइन उनीहरूको लगानीलाई समेत सुरक्षा प्रदान गर्न सकोस् । व्यवसायिक हिसावले महासंघलाई अघि बढाउने हाम्रो योजना छ ।  

यसका लागि हामी थिङ्क ट्याङ्क बनाउँदै छौ ।  लवि गर्ने बडी पनि बनाउँदै छौं । जसले गर्दा काम गर्न सजिलो होस् । यसका लागि सेक्रेटेरिएट बलियो बनाउने र नयाँ तरिकाले कसरी लाग्ने भन्ने हो । 

अब हामी जहाँ सुकै गएपनि तथ्यांक लिएर जान्छौ । कस–कसले कर तिरिरहेको छ । १२ सय करदाताले ८० प्रतिशत कर तिरिरहेका छन् । सबैलाई समेटेर समावेशी मोडेलमा हामी जान्छौ । महासंघलाई विश्व बजारमा चिनाउने हाम्रो अर्को भिजन छ । 

एसोसिएट पट्टी ९ सय १ जना सदस्य छन् । सबै कम्पनीको प्रमुख कार्यकारी अधिकृत र महाप्रवन्धक आउने हो । उहाँहरूलाई मैले कसरी खरिद गर्न सक्छु र ।

 
महासंघको चुनावमा भोट किनबेच पनि हुन्छ  भन्छन् नि ?
ठूलो संस्था भएपछि कहि कतै छिद्रहरू त भइहाल्छ । चुनाव स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हाम्रो चाहना सधै रहन्छ । एसोसिएट पट्टी ९ सय १ जना सदस्य छन् । सबै कम्पनीको प्रमुख कार्यकारी अधिकृत र महाप्रवन्धक आउने हो । उहाँहरूलाई मैले कसरी खरिद गर्न सक्छु र । हात जोडेर भोट माग्ने हो । मेरो एजेण्डा उहाँहरू समक्ष राख्ने हो । देखिएका समस्या समाधान गर्छु भन्ने हो । 

महासंघ अब संघियतामा जादैँ छ । त्यसपछि उत्पन्न हुने केन्द्र र प्रदेशबीचको शक्ति संघर्षलाई कसरी व्यावस्थापन गर्दै हुनुहुन्छ ? 
महासंघमा सानादेखि ठूला व्यवसायी छन् । महासंघको एक किसिमको ब्युटी पनि यहि हो । केही वर्षअघिसम्म नेपाल सरकारको भन्दा ठूलो सञ्जाल थियो महासंघको । कर संकलनका लागि सरकारको कार्यालय नभएको स्थानमा हामीले कर उठाइ दिने सुझाव पनि दिएका थियौं । हाम्रै पूर्वाधार र म्यानपावर समेत प्रयोग गरेर कर उठाउन सरकारलाई सघाउने पनि भनेका थियौं । 

ठूलो सञ्जाल भएको महासंघलाई ब्यालेन्स मिलाएर लानु पर्छ । यसरी जाँदा आफ्नो भुमिका, जिम्मेवारी र अधिकार बुझेर जानुपर्छ । यो भयो भने ब्यालेन्स तरिकाले जान्छ र विवाद आउँदैन । यसको निर्णय साधारणसभाले गर्छ । महासंघको हितको लागि के गर्नुपर्छ । के गर्दा महासंघको साख जोगिन्छ त्यहि अनुसार हामी अधिकारहरू तय गछौं । 
 

प्रतिक्रिया दिनुहोस