
काठमाडौँ। कोरोनाको प्रभावबाट आफ्नो मुलुकको अर्थतन्त्र बचाउन विश्वका सबै मुलुकले तयारी र राहतका कार्यक्रमहरू अगाडी सारेका छन्। तर नेपालमा भने यस्तो कुनै लक्षण देखिएको छैन।
नेपालमा अहिलेसम्म यसले महामारीको रूप नलिएपनि व्यापार व्यवसाय भने चौपट भइसकेको स्थिति छ। ठुला व्यापारी अर्थात् आयातकर्ताहरू चीनसँगको व्यापार ठप्प हुँदाको पिडामा छन् भने साना अर्थात् खुद्रा व्यापारीहरू आम मानिसको क्रय शक्तिमा आएको ह्रासका कारण छाएको मन्दीले पिरोलिएका छन्।
सार्वजनिक यातायातमा यात्रा गर्ने मानिसको सङ्ख्या ह्वात्तै घटेको यातायात व्यवसायीहरूले बताएका छन्। काठमाडौँ उपत्यका भित्रका सार्वजनिक यातायातमा यात्रुको सङ्ख्या दसैँ/तिहार जस्ता चाडको बेला जस्तो कम रहेको चालकहरूले बताएका छन्। धुम्रवराह यातायात अन्तर्गत ब. ३ ख ६२५६ नम्बरको बसका चालक शरण तामाङ सार्वजनिक यातायात कोरोना नेपालमा नआएपनि त्यसले यातायात क्षेत्रलाई भने सङ्क्रमित बनाइसकेको बताउँछन्। उनी भन्छन्, 'मान्छेमा लागेको छैन भनेर के गर्नु बसलाई लागिसक्यो, मान्छे चढ्नै छाडे।'
यो एउटा उदाहरण मात्रै हो। नेपाल भ्रमण वर्षको तयारी स्वरूप लगानी भएको पर्यटन उद्योग उठ्नै नसक्ने गरी थला परेको छ। होटेल, ट्राभल्स, टुर, यातायात लगायतका क्षेत्रले ठुलो नोक्सानी व्यहोर्नु परेको छ। त्यसबाहेक अन्य सबै सेवा उद्योगमा कोरोनाको प्रत्यक्ष प्रभाव देखी सकिएको छ। यस्तोमा सबैले सरकार तर्फ फर्केर राहतको अपेक्षा गर्नु बाहेक अन्य कुनै विकल्प छैन। तथापि सरकारले भने अहिलेसम्म कानमा तेल हाल्ने नीति लिएको देखिंदैछ।
तर, हाम्रो छिमेकी मुलुक भारतले आर्थिक मन्दीको स्थित नदेखियोस् भनेर बजारलाई सहज बनाउने कदमहरु चलिसकेको छ।
भारतको यस्तो छ तयारी
कोलोनाको प्रभावबाट अर्थव्यवस्था बचाउन भारतीय केन्द्रीय बैङ्क (आरबीआई) ली आफू तयार रहेको जनाएको छ। त्यसका लागि तुरुन्तै भारतीय आर्थिक प्रणालीमा थप १ लाख करोड रुपियाँ प्रवाह गर्ने घोषणा दो बैङ्कले गरिसकेको छ। कोरोना भाइरसको प्रकोपबाट उत्पन्न नगद सङ्कटलाई कम गर्न र अर्थतन्त्रमा पर्ने प्रभावलाई कम गर्न रिजर्भ बैङ्कले प्रणालीमा थप १ लाख करोड रुपैयाँ लगाउने र २ अर्व डलर किनेर बेच्ने योजनाहरू बनाएको छ।
भारतीय रिजर्भ बैङ्क (आरबीआई) कोरोना भाइरसको प्रकोपको कारणले नगदको कमी सिर्जना हुन् नदिने र अर्थतन्त्रमा यसको प्रभाव घटाउने तयारी गरिरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
रिजर्भ बैङ्कले सोमबार दीर्घकालीन रिपो अपरेसन सञ्चालन गर्ने निर्णय गरेको छ। सञ्चार माध्यमलाई जानकारी दिँदै आरबीआई गभर्नर शक्तिकान्त दासले भने 'नयाँ एलटीआरओ सञ्चालन हुनेछ, जसबाट धेरै भागमा एक लाख करोड रुपैयाँ प्रणालीमा खसालिनेछ।'
समाचार एजेन्सी आईएएनएसका अनुसार भारतीय रिजर्भ बैङ्कले छ महिनाको लागि दुई अर्व डलर किनेर बेच्ने निर्णय गरेको छ, जसको उद्देश्य देशको विदेशी मुद्रा विनिमय बजारमा तरलता कायम राख्नु र डलरको आवश्यकतालाई सहज बनाउनु हो। आरबीआईको यो कदमले डलरको विरुद्ध घरेलु मुद्रा रुपैयाँको अस्थिरतामाथि नजर राख्नेछ। आरबीआईले कोरोना भाइरसको प्रकोप र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र विकसित देशहरूमा बन्डको आम्दानी घटेको कारण बढेको जोखिम कम गर्न विश्वव्यापी वित्तीय बजारमा ठुलो समस्या भएको बताएको छ।
प्रतिक्रिया दिनुहोस