aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काेराेनाकाकारण मर्नेकाे संख्या ७ हजार ४ सय ७१ पुग्याे, स्पेनमा एकैदिन १४९ काे मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ चैत्र २०७६
काेराेनाकाकारण मर्नेकाे संख्या ७ हजार ४ सय ७१ पुग्याे, स्पेनमा एकैदिन १४९ काे मृत्यु

काठमाडाैं । विश्वमै महामारीकाे रूप लिइरहेकाे कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड-१९ ले गत डिसेम्बर महिनामा पहिलो पटक चीनकाे उहान क्षेत्रबाट संक्रमण भएकाे भेटिएको थियाे ।

उहान प्रान्तबाट महामारिकाे रूपमा फैलिन शुरू भएकाे उक्त भाइरस विश्वका विभिन्न देशहरू र क्षेत्रमा गरि १६२ स्थानमा संक्रमण भइरहेकाे छ । 

डब्लुएचओले दिएको तथ्याङ् अनुसार एक लाख ८६ हजार ६ सय ७८ जनामा संक्रमण देखिएकोमा अहिले ५ः३० बजेसम्मकाे तथ्याङ्क हेर्दा ७ हजार ४ सय ७१ जनाको मृत्यु भैसकेको छ भने ८० हजार ८ सय ३६ जना संक्रमितहरु रोगबाट निको भएर जीउन सफल भएका छन् ।

आजको मितिमा ९१ हजार ८ सय ९६ अर्थात ९३ प्रतिशत् मानिसहरु कोरोना भाइरस संक्रमितको सुरुआति चरणमा छन् भने ६ हजार ४ सय ७५ जना अर्थात ७ प्रतिशत संक्रमित मानिसहरु भने खतरनाक फेजमा रहेका छन् ।

कसरी भइरहेको छ त यसको उपचार ?

मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र बिस्तार हुन केही समय लाग्छ । त्यसलाई इन्क्युबेशन पीरीअड अथवा सङ्क्रमणकाल भनिन्छ ।

त्यो बेला भाइरसहरूले तपाईँको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन् । यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोनाभाइरस (औपचारिक नाम Sars-CoV-2) शरीरमा पस्न सक्छ। तपाईँको दूषित कुनै वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि त्यसले शरीरमा छिर्न सक्छ ।

त्यसले पहिला तपाईँको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई असर गर्न थाल्छ । बिस्तारै ती अङ्ग कोरोनाभाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन् । तिनले थप कोषलाई आक्रमण गरेर तिनमा आफ्नो प्रभुत्व बिस्तार गर्न थाल्ने गर्छन् ।

प्रारम्भिक अवस्थामा मानिस बिरामी हुँदैन केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन । भाइरस बिस्तार हुने सङ्क्रमणकालीन अवधि सरदर पाँच दिनको भएको अध्ययनले देखाएकाे छ ।

अधिकांश सङ्क्रमित मानिसले यो कोभिड-१९ भन्ने रोग १० मध्ये आठ जनाका लागि सामान्य रोग हो । उनीहरूलाई रुघा लाग्ने र ज्वरो आउने गर्छ । शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छन् । तर ती लक्षण देखिन्छन् नै भन्ने छैन ।

ज्वरो आउनु र असहज महसुस गर्नु तपाईँको प्रतिरक्षा प्रणाली सक्रिय भएर त्यसले सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको परिणाम हो । यस्तो बेला भाइरस कुनै बाह्य तत्त्व हो भन्ने बुझेर त्यसविरुद्ध लड्न उक्त प्रणालीले साईटकाईन नामक प्रोटीन परिचालन गर्छ ।

यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ । तर सँगसँगै शरीरमा पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने हुन्छ ।

कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ ।

रोनाभाइरस सङ्क्रमण भएको बेला सुक्खा खोकी लाग्छ । त्यति बेलासम्म भाइरसहरू कोषमा बिस्तारै सक्रिय हुन थाल्छन् । केही मानिसलाई खकार पनि आउन थाल्छ ।

यस्ता लक्षण देखिएमा बिरामीलाई ओछ्यानमा आराम गर्न लगाइन्छ र पर्याप्त झोल कुरा खान दिइन्छ । प्यारासिटामोल पनि दिइन्छ । यति बेला अस्पताल नै लगेर विशेष उपचार गर्न आवश्यक हुँदैन ।

एक हप्तासम्म रहन सक्ने यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बिरामीहरूलाई निको हुन्छ ।

तर केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्छ । अहिलेसम्म हामीले बुझेको यत्ति नै हो ।

तथापि नयाँ अध्ययनले कोही बिरामीको नाकबाट धेरै सिँगान आउने गरेको पनि देखाएको छ ।

यदि रोग अझै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियता त्यसको कारण हुन सक्छ ।

प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले शरीरमा जलन हुन सक्छ । तर त्यसलाई सावधानीपूर्वक सन्तुलन मिलाउनुपर्ने हुन्छ । धेरै जलन भइरहे शरीरमा निकै धेरै हानि पनि हुन सक्छ ।

किङ्स कलेज लन्डनकी एक चिकित्सक नथाली म्याक्डर्मटका अनुसार भाइरसले प्रतिरक्षा प्रणालीमा असन्तुलन ल्याउन थाल्यो भने शरीरमा धेरै जलन हुन सक्छ, त्यस्तो बेला के भइरहेको हो थाहा नहुन पनि सक्छ । 

फोक्सोमा हुने जलन नै निमोनिया हो । मुखबाट सासनली हुँदै हामीले फेर्ने सास अर्थात् वायु फोक्सोमा भएका ससाना कोठामा पुग्छ । त्यही कोठाबाट अक्सिजन रगतसँग मिसिन्छ र कार्बनडाईअक्साईड बाहिर निस्किन्छ । तर निमोनिया हुँदा ती साना कोठा पानीले भरिन थाल्छन् र त्यसै कारण सास फेर्न कठिन हुन्छ ।

यस्तो बेला कसैकसैलाई त सास फेर्न सहज बनाउने भेन्टिलेटरको सहायता चाहिन्छ । चीनबाट प्राप्त तथ्याङ्कअनुसार १४ प्रतिशत बिरामी यस्तो अवस्थामा पुगेका छन् ।

बिरामी भएका छ प्रतिशत व्यक्ति मात्र अति गम्भीर बिरामी हुने गरेको पाइएको छ । यति बेलासम्म शरीर निस्तेज हुन थाल्छ र मृत्यु हुने सम्भावना बढी हुन्छ ।

यति बेला मानिसको रोग प्रतिरोध गर्ने प्रणाली नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन्छ र पूरै शरीरभित्र क्षति पुगिरहेको हुन्छ ।

यस्तो बेला बिरामीको रक्तचाप डरलाग्दो तहमा झरेर अङ्गहरूले काम नगर्ने वा पूरै विफल हुने 'सेप्टिक शक' भनिने अवस्था आउन सक्छ ।

फोक्सोमा धेरै जलन भएर बिरामीले सास फेर्न नसक्ने अवस्था उत्पन्न भएपछि बाँच्नको लागि पर्याप्त अक्सिजन प्राप्त हुँदैन । त्यस्तो बेला मिर्गौलाले रगत सफा गर्न पनि सक्दैन आन्द्रामा समेत क्षति पुग्न थाल्छ ।

यदि प्रतिरक्षा प्रणालीले भाइरसलाई जित्न सकेन भने त्यो शरीरको सबै भागमा पुग्न थाल्छ र त्यसले अझै धेरै क्षति पुर्‍याउन थाल्छ ।

यस्तो बेलामा गरिने उपचार अलि बढी नै कडा हुने गर्छ । यस्तो बेला एम्को भनिने बाहिरी यन्त्रको सहायताले रगतमा अक्सिजन दिने प्रणाली प्रयोग गरिन्छ ।

त्यो कृत्रिम फोक्सोजस्तै हो जसले शरीरको रगतलाई बाक्लो नलीको सहायताले बाहिर निकाल्छ त्यसमा अक्सिजन भर्छ र फेरि भित्र पठाउँछ ।

तर भाइरसको प्रभाव बढ्दै गएमा क्षति खतरनाक तहमा पुग्छ । त्यति बेला अङ्गहरूले शरीरलाई जीवित राख्न सक्दैनन् ।

यस्तो छ देश अनुसार हालसम्मको विवरण

देश जम्मा

नयाँ

थप

जम्मा

मृत्यु

नयाँ

मृतक

उपचारपछि

बाँचेका

संक्रमित

खतरायुक्त

Tot Cases/
1M pop
China 80,881 +21 3,226 +13 68,709 8,946 3,226 56.2
Italy 27,980   2,158   2,749 23,073 1,851  
Iran 16,169 +1,178 988 +135 5,389 9,792   192.5
Spain 11,178 +1,236 491 +149 1,028 9,659 563 239.1
S. Korea 8,320 +84 81 +6 1,401 6,838 59 162.3
Germany 7,636 +364 20 +3 67 7,549 2 91.1
France 6,633   148   12 6,473 400 101.6
USA 4,743 +80 93 +7 74 4,576 12 14.3
Switzerland 2,354 +1 21 +2 4 2,329   272.0
UK 1,543   55   52 1,436 20 22.7
Norway 1,417 +69 3   1 1,413 27 261.4
Netherlands 1,413   24   2 1,387 45 82.5
Belgium 1,243 +185 10   1 1,232 33 107.3
Austria 1,211 +193 3   8 1,200 12 134.5
Sweden 1,125 +4 7   1 1,117 2 111.4
Denmark 960 +46 4   1 955 10 165.7
Japan 852 +19 28   144 680 41 6.7
Diamond Princess 696   7   456 233 15  
Malaysia 673 +107 2 +2 49 622 10 20.8
Australia 452 +51 5   27 420 1 17.7
Canada 441   4   11 426 1 11.7
Qatar 439       4 435   152.4
Czechia 383 +39     3 380 2 35.8
Greece 352   4   10 338 5 33.8
Portugal 332 +1 1   3 328 18 32.6
Israel 304 +6     5 299 4 35.1
Finland 294 +16     10 284 1 53.1
Slovenia 253   1     252 3 121.7
Singapore 243       109 134 11 41.5
Bahrain 236 +8 1   81 154 3 138.7
Brazil 234       2 232 18 1.1
Estonia 225 +20     1 224   169.6
Ireland 223   2   5 216 6 45.2
Poland 205 +28 5 +1   200 3 5.4
Iceland 199         199 1  
Pakistan 194 +10 1   2 191   0.9
Philippines 187 +45 12   5 170 1 1.7
Romania 184 +16     16 168 3 9.6
Thailand 177 +30 1   41 135 1 2.5
Indonesia 172 +38 5   8 159   0.6
Egypt 166   4   32 130   1.6
Hong Kong 162 +7 4   81 77 4 21.6
Chile 156         156   8.2
Iraq 154 +21 11 +1 41 102   3.8
Luxembourg 140 +59 1     139 10  
Saudi Arabia 133       6 127   3.8
Kuwait 130 +7     12 118 4 30.4
India 126   3 +1 13 110   0.1
Lebanon 120 +11 3   3 114 3 17.6
San Marino 102   9 +2 4 89 11  
UAE 98       26 72 2 9.9
Russia 93       8 85   0.6
Peru 86       1 85 8 2.6
Mexico 82 +29     4 78 1 0.6
Taiwan 77 +10 1   20 56   3.2
Slovakia 72         72   13.2
Panama 69   1     68   16.0
Bulgaria 67 +5 2     65   9.6
Argentina 65   2   3 60 1 1.4
Croatia 65 +8     4 61   15.8
Serbia 65 +8     1 64 2 7.4
Armenia 64 +12     1 63 2 21.6
South Africa 62         62   1.0
Vietnam 61       16 45   0.6
Algeria 60   5 +1 10 45   1.4
Ecuador 58   2     56 2 3.3
Colombia 57 +3     1 56   1.1
Brunei 56 +2       56 1  
Albania 51   1     50 2 17.7
Hungary 50 +11 1   2 47   5.2
Latvia 49 +15     1 48   26.0
Faeroe Islands 47 +29       47    
Turkey 47         47   0.6
Cyprus 46         46 1 38.1
Costa Rica 41         41 3 8.0
Palestine 41 +2       41   8.0
Morocco 38 +1 2 +1 1 35 1 1.0
Malta 38 +8     2 36    
Belarus 36       3 33   3.8
Jordan 35 +6     1 34   3.4
Sri Lanka 35 +7     2 33   1.6
Georgia 34 +1     1 33 1 8.5
Venezuela 33 +16       33   1.2
Kazakhstan 32 +22       32   1.7
Moldova 29       1 28 1 7.2
Uruguay 29         29   8.3
Azerbaijan 28 +3 1   6 21   2.8
Senegal 27       2 25   1.6
Bosnia and Herzegovina 26 +1     2 24   7.9
Cambodia 24 +12     1 23   1.4
North Macedonia 24       1 23 1 11.5
Oman 24       12 12   4.7
Tunisia 24         24 2 2.0
Afghanistan 22 +1     1 21   0.6
Dominican Republic 21   1     20   1.9
Lithuania 18       1 17 1 6.6
Martinique 15   1     14    
Burkina Faso 15         15   0.7
Andorra 14         14    
Macao 13 +1     10 3    
Maldives 13         13    
New Zealand 12 +4       12   2.5
Jamaica 12       2 10   4.1
Bolivia 11         11   0.9
French Guiana 11         11    
Bangladesh 10 +2     3 7   0.1
Cameroon 10 +5       10   0.4
Uzbekistan 10 +2       10   0.3
Monaco 9         9    
Paraguay 9 +1       9 1 1.3
Réunion 9         9    
Guatemala 8   1     7   0.4
Honduras 8 +2       8   0.8
Guyana 7   1     6    
Ukraine 7   1     6   0.2
Liechtenstein 7         7    
Rwanda 7         7   0.5
Channel Islands 6         6    
Ghana 6         6   0.2
Guadeloupe 6         6    
Cuba 5 +1       5   0.4
Ethiopia 5         5    
Guam 5 +2       5    
Puerto Rico 5         5   1.7
Trinidad and Tobago 5 +1       5   3.6
Ivory Coast 4         4   0.2
Mongolia 4         4   1.2
Seychelles 4 +1       4    
Nigeria 3 +1     1 2    
Aruba 3 +1       3    
DRC 3         3    
French Polynesia 3         3    
Gibraltar 3       1 2    
Kenya 3         3   0.1
St. Barth 3         3    
Curaçao 2         2    
Liberia 2 +1       2   0.4
Namibia 2         2   0.8
Saint Lucia 2         2    
Saint Martin 2         2    
U.S. Virgin Islands 2 +1       2    
Cayman Islands 1   1     0    
Sudan 1   1     0    
Nepal 1       1 0    
Antigua and Barbuda 1         1    
Bahamas 1         1    
Benin 1         1   0.1
Bhutan 1         1    
CAR 1         1   0.2
Congo 1         1   0.2
Equatorial Guinea 1         1   0.7
Gabon 1         1   0.4
Greenland 1         1    
Guinea 1         1   0.1
Vatican City 1         1    
Mauritania 1         1   0.2
Mayotte 1         1    
St. Vincent Grenadines 1         1    
Somalia 1         1   0.1
Suriname 1         1    
Eswatini 1         1   0.9
Tanzania 1         1    
Togo 1         1   0.1
Total: 186,678 4,238 7,471 324 80,836 98,371 6,475 23.9

 

प्रतिक्रिया दिनुहोस