aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
टिप्पणी

कोरोनाको लिस्टमा ‘नेपाल हरियो’- मख्ख पर्ने कि सचेत बन्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ चैत्र २०७६
कोरोनाको लिस्टमा ‘नेपाल हरियो’- मख्ख पर्ने कि सचेत बन्ने ?

काठमाडौं । विश्वका १६२ देशमा फैलिसकेको कोरोना भाइरस नेपालमा नरहेको भन्दै विश्वको विभिन्न तंथ्याकंहरु अपडेट गर्ने वेवसाइड वल्डोमिटर डट इन्फोले सूचना जारी गरेको छ । त्यो सूचिको अहिले चर्चा व्याप्त छ, उत्सव मनाईदै छ । 

तर के त्यो जानकारी नयाँ हो र ? नेपालका चिकित्सकहरुले र स्वयम् स्वास्थ्य मन्त्रालयहरुले समेत नेपालमा अहिलेसम्म एउटामात्र कोरोना संक्रमित फेला परेको र ती व्यव्ति पुर्णरुपमा स्वस्थ भइसकेको पटक पटक बताईरहेका छन् । 

अहिलेको चिन्ता यो हो की स्वास्थ्य परिक्षणमा नआईपुगेका कति संक्रमित व्यक्तिहरु वेपर्वाह घुमिरहेका होलान् । परिक्षण नगरेका कारण संक्रमित व्यक्ति नै छैनन् भन्नु मध्य दिनमै आँखा चिम्म गरेर राति भइसकेको छ भन्नु जस्तै हो । त्यसैले कुनै सूचिमा नेपाल मात्र ग्रिन जोनमा भन्दै मख्ख पर्नुको कुनै औचित्य छैन ।

 

अन्य मुलुकमा कोरोना संक्रमणको प्रवृति हेर्दा के देखिन्छ भने एक वा दुई जनामा संक्रमण देखिएको केहि हप्तामा नै ठुलो संख्यामा अन्य व्यक्तिहरुमा संक्रमण फैलिएको देखिएको छ । नेपाल यो विषयमा अपवादमा परोस् भनेर प्रार्थना गर्नु राम्रो कुरा हो । तर एउटा केस भेटिएको र हाल कोहि पनि संक्रमित व्यक्ति मुलुकमा नरहेको भन्दै खुशी बन्नु चाहिँ मुर्खता ठहर्न सक्छ । 

सरकारले आवश्यक सजकता र कोरोना परिक्षणको सर्वसुलभता विकास गर्नु आवश्यक छ । आम नागरिहरु अझ बढि सजक र होसियार रहनु उतिकै अनिवार्य छ । भारतमा आधिकारिकरुपमा डेढ सयकोे हाराहारीमा संक्रमित रहेको भन्ने तथ्यांकसंग त्यहिका चिकित्सकहरु मान्न तयार छैनन् ।उनिहरुले सञ्चारमाध्यममा भनिरहेका छन् ‘यदि परिक्षण गर्ने हो भने कम्तिमा ५ हजार जनामा संक्रमण फेला पार्ने पक्का छ ।’ के नेपालको हकमा यस्तो विश्लेषण गलत हुन्छ होला  ? 

मंगलवार साँझ ७ बजेसम्म एक लाख ८८ हजार १ सय ४६ जनामा संक्रमण भेटिएको छ । तीमध्ये ७ हजार ४ सय ९७ जनाको मृत्यु भइसक्यो । तर उपचार हुनेको संख्या ठूलो छ । हालसम्म ८० हजार ८ सय ४८ जनाका उपचार गरेर घर फर्केका छन् । 

प्रतिक्रिया दिनुहोस