
काठमाडौं । नेपाल एयरलाइन्सले मलेसिया उडान रोकेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएकोले क्वालालम्पुरको नियमित उडान आजदेखि स्थगन गरेको हो ।
मलेसिया सरकारले विदेशी कामदारलाई प्रवेश निषेध गरेसँगै एयरलाइन्सहरुले उडान स्थगन गरिरहेका बेला अर्को सूचना नआएसम्का लागि भन्दै नेपाल एयरलाइन्सले उडान स्थगन गरेको छ।
एयरलाइन्सले आजभन्दा पछाडिका लागि टिकट बुक गराएकालाई पुरै पैसा फिर्ता दिने तथा निशुल्क मिति सार्नसक्ने सुविधा दिएको छ।
प्रतिक्रिया दिनुहोस