
काठमाडौं । काठमाडौं । सरकारले देशभरका संस्थागत नाममा दर्ता भएका सम्पूर्ण जग्गाको किनबेचमा रोक लगााएको छ । बुधबार गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जग्गा रोक्का राख्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार देशभर रहेका सरकारी, सार्वजनिक तथा गुठी जग्गामाथि अतिक्रमण बढेको, जग्गाको दुरुपयोग भएको तथा यस्ता जग्गाको अवस्थाबारे जानकारी नरहेको पाइएपछि छानबिनका लागि जग्गा रोक्का राख्ने निर्णय गरिएको हो ।
ललित निवासको जग्गा बिक्रीपछि एकपछि अर्को जग्गा बिक्री, अतिक्रमण र अनियति तबरले कब्जा हुन थालेपछि सरकार एक्सनमा गएको हो । देशभरका विभिन्न संस्थागत जग्गा बचाउन पनि सरकारले यस्तो निर्णय गरेको हो । राजधानी दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस