
काठमाडौं । विद्यार्थी संगठनहरुले आफै बजार अनुगमन गर्ने भएका छन् । कोरोना भाईरसका कारण मौलाएको कालोबजारीविरुद्ध विधार्थीहरुले आफै बजार अनुगमन गर्ने भएका हुन् ।
मंगलबार काठमाण्डौमा बसेको संयुक्त विद्यार्थी संठगनको बैठकले कोरोना भाइरसको डरलाई मौका बनाएर व्यापारीले कालोबजारी गरिरहेको भन्दै शंका लागेको ठाउँमा आफैँ अनुगमन गर्ने निर्णय गरेको हो ।
बैठकले कालोबजारी र महँगीविरुद्ध कडा रुपमा प्रस्तुत हुन पनि सरकारको ध्याकर्षण गराएको छ । बैठकमा सत्ताधारी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल छैठौँ, अखिल क्रान्तिकारीसहित विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पनि सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस