
क्यानडा । ‘डेडपुल’ अभिनेता रेयान रेनाल्डस र उनकी पत्नी ब्लेक लाइवलीले कोरोना भाइरस पीडितलाई मद्दत गर्न अघि सरेका छन्। यी सेलिब्रिटी जोडीले दुई ‘हंगर रिलिफ अर्गनाइजेस’ लाई १० लाख डलर सहयोग गरेका छन्। अभिनेताले ट्विट गरेर यसको जानकारी दिएका हुन्।
साथै, उनले सबैलाई आफ्नो स्वस्थको ख्याल राख्न पनि आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘कोरोना भाइरस कति खतरनाक छ भन्ने कुरा हामी सबैलाई थाहा छ। कम आय भएका परिवारमा यसको गहिरो प्रभाव परेको छ। ब्लेक र मैले १० लाख डलर फिडिङ अमेरिका र फुड ब्यांक क्यानडालाई सहयोग गर्दैछौँ। तपाईं पनि मद्दत गर्न सक्नुहुन्छ भने गर्नुहोस् किनकि यी संस्थालाई मद्दतको आवश्यकता छ।’
एक्लै भएका र सहयोगको आवश्यकता भएकाहरूलाई फोन गर्न पनि उनले सल्लाह दिएका छन्। ब्लेक र रेयानबाहेक फिडिङ अमेरिकाका लागि जस्टिन टिम्बरलेक, नताली पोर्टम्यान, बेन एफ्लैक, गिगी हदिद(बेला हदिदले सोसल मिडियामार्फत मद्दतका लागि अपिल गरिसकेका छन्।
कोरोना भाइरसको चपेटामा आम नागरिकका साथै चर्चित कलाकार पनि परेका छन्। टम हैक्स, रिटा विल्सन, गेम अफ थ्रोन्सका क्रिस्टोफर हिब्जु, इदरिस एल्बामा कोरोना टेस्ट रिपोट पोजेटिभ देखिएको छ।
प्रतिक्रिया दिनुहोस