aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

विदेशबाट नेपाल आउने नेपालीकाे निगरानी राख्न छुट्टै सफ्टवेयर बनाउने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
विदेशबाट नेपाल आउने नेपालीकाे निगरानी राख्न छुट्टै सफ्टवेयर बनाउने तयारी

काठमाडौं । विदेशबाट नेपाल आउने नेपाली नागरिकहरुले अनिवार्यरुपमा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने सेल्फ क्वारेन्टाइन’मा नबस्नेलाइ कारबारही गर्ने भएको छ ।

नेपाल आउने सबै नेपालीलाई क्वारेन्टाइनमा राख्न सम्भव नहुने भन्दै सरकारले आफ्नै घरमा क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । 

सरकारले सेल्फ क्वारेन्टाइनमा बसे/नबसेको सूचना संकलन पनि गर्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनीहरुको ठेगाना, मोबाइल नम्बरलगायतका विवरण संकलन गरिएको छ ।

कसैको ‘कोरोनाभाइरस पोजिटिभ’ देखिए उनीहरुले ‘आइसोलेसन’मा जानुपर्ने छ । क्वारेन्टाइनमा बसे/नबसेको जानकारी लिन सरकारले ललितपुरको जाउलाखेलमा ‘कल सेन्टर’समेत स्थापना गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्य एवं स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले उनीहरुको प्रत्येक दिनको अवस्थाबारे सूचना संकलन सुरु भइसकेको दाबी गरे ।

सेल्फ क्वारेन्टाइन भन्नाले घरमा नै परिवारको सदस्यसँग सँगै नबस्ने, भेटघाट नगर्ने, कोठामा एक्लै बस्ने, बाहिर ननिस्कने, नजिकबाट कुराकानी नगर्नेजस्ता सावधानी अपनाउनु पर्छ ।

हाल कतिजना कहाँ क्वारेन्टाइनमा बसेका छन् भन्ने यकिन तथ्यांक नभएको भन्दै डा. श्रेष्ठले नेपाल आउने सबैको विवरण राख्ने छुट्टै सफ्टवेयर बनाउने तयारी भइरहेकोसमेत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस