aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतमा कोरोना संक्रमितको संख्या १३७ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
भारतमा कोरोना संक्रमितको संख्या १३७ पुग्यो

भारत । भारतमा कोरना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। विश्वभर एक लाख ८२ हजारभन्दा धेरै मानिसमा फैलिरहेको यो भाइरसको संक्रमण भारतमा १३७ जनामा पुष्टि भएको छ।

मंगलबारसम्म कोरोना संक्रमितको संख्या १२८ रहेको भारतमा थप ९ जनामा संक्रमण देखिएको हो। कोरोनाका कारण भारतमा हालसम्म तीन जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस