aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
टेकुपछि पप्पुले वागमती पुलमा पनि गुणस्तरहीन बनायो, पुल बनाउने वा भत्काउने निर्देशनको निम्ति आज स्थलगत अध्ययन

पप्पुले टेकुपछि वागमती पुल पनि गुणस्तरहीन बनाउँदै, आधा नबन्दै भत्काउनुपर्ने निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ जेठ २०७६
पप्पुले टेकुपछि वागमती पुल पनि गुणस्तरहीन बनाउँदै, आधा नबन्दै भत्काउनुपर्ने निर्देशन

काठमाडौं । धेरैवटा पुल निर्माणमा हात हालेको र राजनीतिक आडमा समयमा एउटा पनि काम नसकेका कारण दुई वर्षदेखि ‘क’ वर्गको निर्माण कम्पनी पप्पु कन्ट्रक्सन विवादमा तानिएको छ । अख्यिारले पप्पुलाई सिंक्टा सिंचाईको बाँध निर्माणमा भएको काममा अनियमिता ठहर गरेर अख्तियारमा मुद्दा दायर समेत गरिसकेको छ ।

यसका बाँकी काम पनि सन्तोषजनक नभएको र भएका कामले पनि गति नलिएपनि सर्वत्र विरोध भएको हो । पछिल्लो समय यसले काठमाडौंमा बनाएको टेकु पुल मापदण्ड पालना नगरेका कारण भत्काउनुपर्ने निष्कर्षमा सरकारी टोलि पुगेको छ । 

यस्तै पप्पुले गत असार मसान्तसम्ममा नै बनइसक्नुपर्ने गरी लिएको साढे ३ वर्षको ठेक्का सकिदा पनि तीनकुनेस्थित वागमती पुल निर्माण हुन सकेको छैन् । निर्माण कम्पनीको लापर्वाही र सरकारी निकायको कमजोर नीतिकको फाइदा उठाउँदै पप्पुले २१ करोडमा ठेक्का लागेको पुलमा तीन वर्षसम्म १ करोड पनि खर्च गरेन् ।

पुल निर्माण अलपत्र परेको र विरोधको आवाज चर्को हुन थालेपछि यसले ६ महिना अगाडिबाट पुल निर्माण धमाधम थाललेको थियो । यसले गरेका काम डिजाइन अनुसार नभएको, कमजोर निर्माण सामाग्री राखेको र सबै सर्त र सीमा पालना नगर्दा पुल कमजोर बनाउन खोजेको भन्दै सरकारी निकायकै विरोधका कारण अहिले यो पुल निर्माण २५ प्रतशतजति बनाएको भएपनि त्यसपछिको काम ठप्प छ ।

यो पुलमा धेरै विवाद आएको र उजुरी पनि परेपछि प्रतिनिधिसको विकास तथा प्रविधि समितिले स्थलगत अनुगमन गर्ने भएको छ । समितिले आज बिहीबार दिउँसो यो पुलको स्थलगत अनुगमन गर्ने छ । समितिले प्राविधिक सकारी टोली, ठेकेदार र विशेषज्ञसहितको टोलिबाट पुलको निरीक्षण गर्ने भएको छ ।

यो पुलको स्थलगत निरीक्षण पछि मात्रै पुल भत्काउनुपर्ने पर्ने वा निर्माण अगाडि बढाउन दिने भन्ने निर्देशन दिने विकास समिति सभापति कल्याणी खड्काको भनाइ छ । उनका अनुसार पुलमा व्यापाक गुनासो आएको र विकास निर्माणमा भएको चरम लापर्वाहीको नमूना भयो भनिएको छ । यसको अवस्था के रहेछ ।
 

एकपटक स्थलगत अध्यन गर्ने, आवश्यक डकुमेन्ट झिकाउने र यसको वस्तुस्थितिलाई गहिराईसम्म अध्ययन गरेर उपयुक्त निर्देशन सरकारलाई दिने जानकारी पनि खड्काले दिएकी छन् । उनका अनुसार सोही कारण बिहीबार दिउँसो ३ बजे संसदीय समितिको एक टोली सो पुलको स्थलगत निरीक्षणमा जाँदै छ । 

यस अघि टेकु पुल पनि निरीक्षण गर्ने भनेपनि भौतिक मन्त्री रघुवीर महासेठले नै पुल मापदण्ड विपरित बनेको, कमजोर भएको र पप्पुको लापर्वाहीका कारण छिटो भत्कने भएपनि अहिले नै भत्काएर नयाँ तथा बलियो बनाउने बताएका छन् । पप्पुले बनाएको टेकुपुल ६२ मिटरको छ । पुलको बीचको भागमा कमजोर गुणस्तरीय सामाग्री प्रयोग गरिएको आरोप पप्पुमाथि लागेको छ । 

्पप्पुले बनाएको यो पुल बिजुलीबजाारमा एकतर्फ निर्माण भएर सञ्चालनमा आएजस्तै आधुनिक प्रविधिको  नेटवर्क आर्च ब्रिज हो । बिजुलीबजारस्थित धोबीखोला पनि निर्माण कम्पनीले सम्झौता सकिन लाग्न पुल निर्माण गरेको हो । यसको काम आधा सम्पन्न भइसकको छ भने तीनकुनमो एक भाग पनि काम भएको छैन् । 

डिजाइनमा लामो समय लाग्नु र खानेपानी, बिजुली, ढललगायतका संरचना नहट्नुले काममा ढिलाइ भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ । यसको लागि निर्माण कम्पनीलाई समय दिएको भएपनि त्यो समय पनि गुज्रदा पनि काम नहुनुचाहिँ समस्या भएको उल्लेख  ।

 

अरु पुलमा पहिले विज्ञलाई डिजाइन गराएर मात्रै ठेक्का आह्वान हुने गरेको थियो । यो पुलमा भने ठेकेदार आफैँले डिजाइन गरेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको भनाइ छ । आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख थियो । 

तीनकुने पुलकोलम्बाइ ८५ मिटर र चौडाइ १२ मिटर रहेको छ । यो पुलको ठेक्का सम्झौताअनुसार अवधि गत असार मसान्तमै सकिएको हो । बिजुलीबजार पुलको भने गत पुसमा सम्झौता अवधि सकिएको भएपनि काम भने आधा मात्रै सकियो । यो पुल निर्माणको ठेक्का जेई कन्स्ट्रक्सनले लिएको थियो । यो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर रहेको छ ।


विजुलीबजार पुलमा एकातर्फको काम सकेर अर्को तर्फ काम गर्न लागकोे छ । यो पुलमा सडकको दायाँ र बायाँ दुईवटा पुल बनाउनुपर्ने छ । यसमध्ये एउटा निर्माण सकिएर सञ्चालनमा आइसकेको छ । 

प्रतिक्रिया दिनुहोस