
काठमाडौं । नेपाल विधुत प्राधिकरणले रघुपति जुट मिलको लाईन काटिदिएको छ । डेडिकेटिक लाइनको १५ करोड भन्दा बढि बक्यौता नतिरेपछि प्राधिकरणले लाईन काटिदिएको हो ।
प्राधिकरणले आज मिलको लाइन काटेको विराटनगर वितरण केन्द्रले जनाएको छ । प्राधिकरणका अनुसार मिलले डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपियाँ बक्यौता तिर्न बाकि रहेको छ ।
गत कात्तिक महिनासम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरे पनि उक्त सहमतिको मिलले वेवास्ता गरेको प्राधिकरणको भनाई छ । प्रति किस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको थियो । ५६ वटा उद्योगले डेडिकेटेड लाइन प्रयोग गरे बापत ९ अर्बभन्दा बढी रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस