
विराटनगर । नेपाल विद्युत प्राधिकरणले गोल्छा अग्रनाइजेशन अन्तरर्गत रहेको रघुपति जुट मिलको बिद्युत लाइन काटिदिएको छ । मिलले डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ वक्यौता नतिरेपछि बुधबार लाइन काटेको प्राधिकरणले जनाएको छ ।
मिलले गत कात्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो । प्रति किस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको उद्योगले पैसा नतिरेपछि लाइन काटिएको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए ।
अदालतले मिलको पक्षमा अन्तरिम आदेश नदिएपछि प्राधिकरणले रघुपति जुटमिलको लाइन काटेको हो ।
प्रतिक्रिया दिनुहोस