aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना कहरः सात घण्टामै एक हजार बिरामी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
कोरोना कहरः सात घण्टामै एक हजार बिरामी

काठमाडौं । पछिल्लो सात घण्टा मै एक हजार कोरोना भाइरसका बिरामी थपिएका छन् । हालसम्म १६६ देशमा फैलिएको कोरोना भाइरस बुधबार अपरान्हसम्म विश्वभर संक्रमितको संख्या २ लाख ३ हजार ५ सय ६७ पुगेको हो।

यसैगरि ज्यान गुमाउनेको संख्या ८ हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार अपरान्हसम्म ८ हजार एक सय ६० जनाले ज्यान गुमाएका छन्।

चीनमा तीन हजार २ सय ३७ र इटालीमा २ हजार पाँच सय ३ जनाको मृत्यु भएको छ। इरानमा ९ सय ८८, स्पेनमा पाँच सय ३३, फ्रान्समा १ सय ७५ र अमेरिकामा एक सय १६ जनाले ज्यान गुमाएका छन्।

दक्षिण कोरियामा ८४ र बेलायतमा ७१ जनाको मृत्यु भएको छ। नेदरल्यान्ड्समा ४३, जापानमा २९ , स्विजरल्यान्डमा २७ र इन्डोनेसियामा १९ जनाको मृत्यु भएको छ। विश्वका एक सय ६७ देशमा फैलिएको कोरोना भाइरस  हालसम्म २ लाख ३ सय ५१ जनामा भेटिएकामा करिब ८३ हजार निको भएका छन्।

प्रतिक्रिया दिनुहोस