aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

स्वास्थ्यकर्मीको निगरानीमा एसइई , अन्य विद्यालय चैत मसान्तसम्म बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
स्वास्थ्यकर्मीको निगरानीमा एसइई , अन्य विद्यालय चैत मसान्तसम्म बन्द

काठमाडौं । बिहिवारबाट सञ्चालन हुने एसइई परिक्षा स्वास्थ्यकर्मीको निगरानीमा हुने भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा बिहिवारबाट सञ्चालन हुने प्रत्यक परिक्षा केन्द्रमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरि सुरक्षित एव् व्यवस्थितरुपमा समपन्न गर्ने निर्णय भएको छ । 

त्यस्तै बैठकमा बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालहरुका पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस