
काठमाडौं । भोलिदेखि सुरु हुने भनिएको एसईई परीक्षा रोकिएको छ । कोरोना भाइरसको संक्रमणको कारण परीक्षा स्थगित गर्नुपरेको हो । शिक्षा मन्त्रीका स्वकिय सचिव पुरन केसीले आर्थिक न्यजलाई भने, उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवार बसेको पुनः बैठकले एसइई परिक्षा स्थगित गर्ने निर्णय गरेको हो । ’अब परीक्षा कहिले हुने भन्नेबारे केहि जानकारी गराइएको छैन् ।
सरकारले एसईई सहित त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमको संक्रमणलाई रोकथाम गर्नका लागि सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो । उच्च स्तरीय समितिको बैठकले एसईई सञ्चालन गरी अन्य त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा रोक्ने निर्णय गरेकोे थियो ।
शिक्षा मन्त्रीका स्वकिय सचिव केसीका अनुसार पहिला त्रिवि अन्तर्गतका परीक्षा रोक्न निर्णय भएको थियो पछि एसईई पनि रोक्न निर्णय भएको हो । ‘अर्को सूचना जारी नभएकासम्मका लागि सबै परीक्षा रोकिएको हो ,’ उनले भने । भोलि चैत ६ गतेदेखि एसईई परीक्षा थियो भने त्रिविले फागुन २९ गतेदेखिनै स्नातक र स्नाकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस