aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

गाउँपालिकाको सेवा हुन त यस्तो पो !

  • रासस
    रासस
  • विहीबार, ०६ चैत्र २०७६
गाउँपालिकाको सेवा हुन त यस्तो पो !

स्याङ्जा । फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई )मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्याइदिन शुरु गरेको छ । 

यसका लागि सो गाउँपालिकाले आज विहानदेखि निः शुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पु¥याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । 

आजदेखि शुरु हुने भनिएको एसइई परीक्षा कोभिड–१९को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ स्थगन गर्ने निर्णय गरेको थियो ।  फेदीखोला र खड्केटारी बजारमा  बसेका फेदीखोला गाउँपालिका–५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई आज बिहानदेखि घर पु¥याउन यातायातको व्यवस्था गरिएको उनले बताए ।

यसपटकको सो परीक्षामा देशभर कूल चार लाख ८२ हजार ७०७ विद्याथी सहभागी हुने जनाइएको थियो ।  

प्रतिक्रिया दिनुहोस