aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतमा कोरोना भाइरसका संक्रमित १७०, दिल्लीमा संक्रमितद्धारा आत्महत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ चैत्र २०७६
भारतमा कोरोना भाइरसका संक्रमित १७०, दिल्लीमा संक्रमितद्धारा आत्महत्या

एजेन्सी । भारतमा बिहीबारसम्म १७० जना कोरोना भाइरस संक्रमित विरामी पुगेका छन् । आजसम्म ३ जनाको मृत्यु भइसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १६ जनाभने उपचार गरेर घर फर्किका छन् । कोरोनाबा महाराष्ट्रमा ४५ जना, आन्द्र प्रदेशमा २, दिल्ली १०, हरियाणा १७, कर्नाटक १४, केरला २७, पंजाव २, राजस्थान ७, तमिलाडू एक, तेलंगाना १३, जम्मुकस्मिर ४, लद्दाख ड, उत्तरप्रदेश १०, उत्तरखण्ड एक, ओडिशा एक र पश्चिम वंगालमा एक जना कोरानो संक्रमित भटिएको छ ।  

त्यस्तै चेन्नाइमा ५० अंतरराष्ट्रीय र ३४ आन्तरिक विमानका उडान रद्द गरिएका छन् । त्यस्तै  भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका छन् । कोरानोबाट संक्रमित शंखा थरिएका दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी टाइम्स अफ इन्डियाका अनुसार, ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । दिल्ली एयरपोर्टमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको जनाइएको छ ।


 

प्रतिक्रिया दिनुहोस