
काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि सिआरबिटी रिङ टोन मार्फत सचेतना सन्देश दिन थालेको छ ।कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका हुन् ।
जोशीले भने, ‘आजदेखि तपाईले कुनै पनि नेपाल टेलिकमको नम्बरमा फोन गर्नुभयो भने यस्तै सिआरबिटी सुन्नुहुनेछ। यसमा उपभोक्ताले छुट्टै सेवा लिनुपर्दैन। नेपाल टेलिकम आफैले राखिदिएको हो।’
फोन जाने वित्तिकै नेपाल टेलिकमको धुन बज्छ त्यसपछि कोभिड १९ मुख्य लक्षणहरुका बारेमा जानकारी दिइन्छ। त्यसपछि सुरक्षित राख्नका लागि स्यानिटाइजर वा नियमित साबुन पानीले हात धुनुहोस। भिडभाडमा नजान तथा गएपनि मास्क प्रयोग गर्न। सम्भावित लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क राख्न सुझाव दिइएको छ।
टेकिलमका कर्मचारीलाई घरबाटै काम गर्ने व्यावस्था मिलाउने बारेमा छलफल भईरहेका प्रवक्ता जोशीले बताएका छन् ।
त्यस्तै, एनसेलले पनि कारोना भाइरसको संक्रमणको सतर्कताका लागि सचेतना सन्देश दिन थालेको छ । एसएसमएस, ओबिडी नम्बरबाट कल गरेर आफ्ना ग्राहकलाई सचेतना दिने गरेको एनसेलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस