aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोनाका कारण साढे दुई करोडको जागिर चट् !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ चैत्र २०७६
कोरोनाका कारण साढे दुई करोडको जागिर चट्  !

एजेन्सी । विश्वमा कोरोना भाइरसको प्रकोप बढ्दैछ।  अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले २ करोड २०  लाखको रोजगारी गुम्न सक्ने अनुमान गरेको छ । यसले विश्वभरी आर्थिक संकट नित्याउन सक्नेभन्दै करिब  २ करोड २० लाखको रोजगारी गुमाउन सक्ने बताएको छ ।

आईएलओले बुधबार भने, कोरोना भाइरसको महामारीले विश्वव्यापी आर्थिक संकट र विश्वभरि करिब २.५ करोड व्यक्तिको रोजगारीलाई गुम्न सक्छ यदि सरकारले श्रमिकहरुलाई यसको प्रभावबाट बचाउन चाँडो कदम चालेन भने आइएलओले भनेको छ ।

यद्यपि आईएलओले यो पनि भन्यो, अन्तर्राष्ट्रिय नीतिले २००८/०९ को मन्दीको बखत समन्वयात्मक ढंगले कदम चालेमा बेरोजगारी घटाउन सकिने पनि भनेको । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले कार्यस्थलमा मजदुरहरूको संरक्षण गर्न, अर्थव्यवस्था अभिवृद्धि गर्न र रोजगारी र आम्दानीलाई प्रोत्साहित गर्न तत्काल, ठूला(ठूला समन्वयकारी उपायहरू खोज्न आह्वान गरेको छ। विश्वभर २ लाखभन्दा बढी मानिस कोरोनाको जोखिममा छन्, जबकि। बिहीबारसम्म साढे आठ हजारभन्दा बढी मानिस मरेका छन्। 

प्रतिक्रिया दिनुहोस