aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सानो काम गर्दिन नभन्नुहोस्, रोजगारीको समस्या हुँदैनः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ चैत्र २०७६
सानो काम गर्दिन नभन्नुहोस्, रोजगारीको समस्या हुँदैनः अर्थमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाबाट अर्थतन्त्रमा खासै ठुलो असर नपरेको बताएका छन् । सरकारको विशेष पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले आर्थिक क्षेत्र धरासयि हुनेगरि केहि समस्या नदेखिएको बाएका हुन् । 

अर्थमन्त्रीले पर्यटन व्यावसायमा भने केहि प्रभाव परेको स्विकार गरे । उनले भने, ‘पर्यटन व्यावसाय प्रभावित भएको छ । यो समस्यालाई सरकारले नजिकबाट हेरिरहेको छ ।’

कोरोना भाईरसलाई चीनले नियन्त्रण गरिसकेको र भारतले यसको नियन्त्रणको लागि प्रयत्न गरिरहेको बताउँदै उनले भने अब फेरि टुरिजम विकास गर्ने निति तयार भइसकेको छ । पर्यटनको जिडिपीमा मात्र ३ प्रतिशत योगदान रहेकोले यसले ठुलो असर नगर्ने उनले बताए । 

श्रमिकहरुको समस्यालाई श्रमिक कोषको माध्यमबाट राहत उपलव्ध गराउने निर्णय गरिएको समेत उनले जानकारी दिए । व्यावसायहरुलाई बैंकको ऋणका कारण परेको समस्याबारे सरकार गम्भिर भएका र पुनः तालिकीकरणबारे छलफल भईरहेको उनले जानकारी दिए । 

वैदेशिक रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगारमा सहभागि गराउने योजना रहेकोले सानो काम गर्दिन नभन्न उनले आग्रह गरे । अहिले विप्रेषणमा असर पर्ने चिन्ता रहेको जनाउँदै उनले त्यसले ठुलै समस्या नपार्ने आफ्नो विश्लेषण उनले सुनाए । 

बजारमा तरलता अभाव नरहेको र हाल बैंकहरुसंग ६०र७० अर्ब लगानी योग्य पुँजि रहेको अर्धमन्त्रीले दाबी गरे । 

उद्योगहरुमा कच्चा पदार्थको अभाव नरहेकाले उत्पादनमा समस्या नहुने अर्थमन्त्रीको दाबी छ । अघिल्लो महिना मात्र पनि अघिल्लो वर्षको सो अवधिमा भन्दा उद्योगहरुले आयात गरेको कच्चा पदार्थको आयातमा ४ प्रतिशतको वृद्धि देखिएकोले यस्तो अनुमान गरिएको उनले बताए ।

व्यापार उद्योग, निर्माण, वित्त क्षेत्र स्वभाविकरुपमा अगाडि बढिरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस