
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ७६ पुगेको छ । वल्डमेटर्स डट इन्फोका अनुसार बिहिवार साँझ ५ बजेसम्म ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ७६ पुगेको हो ।
त्यस्तै, विश्वका १ सय ६६ देशमा यो भाइरस फैलिएकोमा २ लाख २५ हजार ३ सय ८१ जना कोरोना भाइरस संक्रमित भएका छन् भने ८५ हजार ८ सय ३१ जना सन्चो भएर घर फर्केका छन् ।
विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरे पनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिएको छैन। चीनमा भने पहिलो दिनमा भाइरसबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । तर कोरोना अहिले चीन बाहेक अन्य देशमा फैलिरहेको छ ।
चीनपछि भाइरस संक्रमित र मृत्यु हुनेको संख्या इटालीमा बढि रहेको छ ।
प्रतिक्रिया दिनुहोस