aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

यूएईद्वारा सबै श्रम स्वीकृति बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
यूएईद्वारा सबै श्रम स्वीकृति बन्द

अबुधावी ।  संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ । नोबेल कोरोना भाइरसले सङ्क्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरुले जनाएका छन् ।

देशको श्रम मन्त्रालयले राष्ट्रिय आपत, सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा यस्तो निर्णय गरेको हो ।खाडी मुलुक यूएईमा बिहीबारसम्म ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई लाख सात हजार जना प्रभावित भएका छन् । कोरोनाको सङ्क्रमण अहिलेसम्म १६६ देशमा पुगेको छ । कोराना भाइरसका कारण आठ हजार ६५७ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस