
काठमाडौं । काठमाडौँमा शुक्रबार बिहान ७ः २० मिनेटमा भूकम्प गएको छ । शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । चीनको तिव्बतबाट २० किलोमिटर टाढा सीजाङमा गएको ६.२ रेक्टर स्केलको भूकम्पको धक्का नेपालसम्म महसुस भएको बताइएको छ । यसको केन्द्रविन्दु काठमाडौँ भन्न्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो ।
यसको असर भारत,नेपाल, भुटान र बंगालादेश रहेको बताइएको छ । नेपालको भूकम्प मापन केन्द्रले भने यो नेपालमा केन्द्रबिन्दु नभएकाले विस्तृत विवरण थाहा नभएको बताएको छ।
प्रतिक्रिया दिनुहोस