aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

आजबाट ५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
आजबाट ५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

काठमाडौं । सरकारले आज शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारण असामान्य बन्दै गएको बजारलाई सहज बनाउन सरकारले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

काठमाडौं उपत्यकाका सतुंगल, कालिमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

यस्ता पसलमार्फत चामल, दाल, नुन, चिनी, ग्यास र इन्डक्सन चुल्हो बिक्री गर्ने सरकारको योजना छ। देशभरकै जिल्लामा अहिले भइरहेको कालोबजारी र कृत्रिम अभाव नियन्त्रणमा ल्याउन सरकाररे यस्तो कदम चालेको हो । 
 

प्रतिक्रिया दिनुहोस