aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतमा मृत्युदण्ड पाएका चारमध्ये तीन जनाले जेलमा कमाएको १ लाख ३७ हजार कसले पाउला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
भारतमा मृत्युदण्ड पाएका चारमध्ये तीन जनाले जेलमा कमाएको १ लाख ३७ हजार कसले पाउला ?

एजेन्सी ।  निर्भयाले सात बर्षपछि न्याय पाउदैछिन । उनलाई सामूहिक बलात्कार गर्नेलाई आज बिहान ५ः ३० बजे मृत्युदण्ड दिइएका छन् । अपराधी अक्षय कुमार, पवन गुप्ता, विनय शर्मा र मुकेश कुमारलाई  दिल्लीको तिहाड जेलमा झुण्ड्याइ मृत्युदण्ड दिइएकाे अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएकाे छ ।

ती चार जना अपराधीलाई फाँसीमा झुण्ड्याउनुभन्दा पहिला करिब ७ वर्ष जेलमा रहेका थिए । यस अवधिमा अपराधीहरूले जेलमा काम गरेर १ लाख ३७ हजार भारु कमाइसकेका थिए। अब प्रश्न खडा हुन्छ कि यो पैसा कसले पाउनेछ ।

तिहाड जेल प्रशासनले निर्भया अपराधीले जेलमा काम गरेर १ लाख ३७ हजार भारु कमाएको बतायो । यसमा मुकेशले कुनै काम गरेनन्, जबकि अक्षयले ६९ हजार, पवनले २९ हजार र विनयले ३९ हजार भारु कमाए ।

मृत्युदण्ड भाेग्ने ब्यक्तिले जेल भित्र कुनै सम्पती कमाएकाे भएमा उक्त ब्यक्तिकाे परिवारका सदस्यहरूलाई दिइने चलन रहेकाे छ । यसका साथै चार जना दोषीको कपडा र अन्य सामान पनि परिवारलाई हस्तान्तरण गर्ने नियम रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस