aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दिगो पाईलाको खुत्रुके रकम संकलन कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ जेठ २०७६
दिगो पाईलाको खुत्रुके रकम संकलन कार्यक्रम

काठमाडौं ।  गैर सरकारी संस्था दिगो पाइला (दिपा) ले शिक्षा, स्वास्थका लागि खुत्रुके रकम संकलन कार्यक्रम सञ्चालन गरेको छ । यस संस्थाले विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत पढ्न मन भएका तर आर्थिक विपन्नताका कारण उच्च शिक्षा हासिल गर्न नसक्ने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आएको छ । हाल संस्थाको सहयोगमा तिन सरकारी विद्यालयहरुमा गरि २४ जना विद्यार्थीहरु कक्षा ११ र १२ मा अध्ययन गरिरहेका छन् । 

त्यस्तै संस्थाको सहयोगमा विगत र २ वर्ष देखि चन्द्रागीरि नगरपालिका वडा नं. २ मसिने स्थित चम्पाशिखर मा.वि.मा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम  सञ्चालन गरेको संस्थाले जनाएको छ । 

आर्थिक श्रोत जुटाउन संस्थाले आफ्ना शुभ–चिन्तकहरुलाई खुत्रुके वितरण गरि वार्षिक रुपमा रकम संकलन गर्दै आएको छ । संस्थाले अन्य सामुदायिक विद्यालयहरुमा पनि विपन्न छात्र–छात्राहरुको लागि विद्यालय पोशाक, न्यानो कपडा, जुत्ता तथा शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस