aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

यस्ता मानिसहरु छन् कोरोनाबाट मृत्यु हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
यस्ता मानिसहरु छन् कोरोनाबाट मृत्यु हुने

काठमाडौं । कारोना भाइरस (कोभिड १९) अहिले विश्वका १८२ देशमा फैलिएको छ । यसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो छ । विश्वको विभिन्न तंथ्याकंहरु अपडेट गर्ने वेवसाइड वल्डोमिटर डट इन्फोले जारी गरेको सूचनामा शुक्रवार साँझ ६ बजेसम्म १० हजार ४ सय ५ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा चीनमा भन्दा धेरै इटालीमा रहेका छन् । 

तथ्यांक अनुसार २ लाख ५२ हजार ८५० जना यस भाइरसबाट संक्रमित भएका छन् भने ८९ हजार ६१ जना सन्चो भएर घर फर्किएका छन् । यसरी मृत्यु हुनेमा सबैभन्दा बढि ८० वर्ष माथिका रहेका छन् । जसमा महिला भन्दा बढि पुरुष संख्या रहेको छ । 

दिर्घरोगिलाई बढि खतरा
कोरोना भाइरसका कारण मृत्यु हुनेको तंथ्याक हेर्दा यसले दिर्घरोगिहरुलाई बढि असर गरेको देखिएको छ । मुटु सम्बन्धी रोगीहरुमा मृत्यूदर १३ दशमलव २ प्रतिशत देखिएको छ । जबकि यस्ता बिरामीहरुमा १० दशमलव ५ प्रतिशतसम्म मृत्यु हुने सम्भावना चिकित्सकहरुले व्यक्त गर्दै आएका थिए ।

मधुमेहका रोगीहरुमा ७ दशमलव ३ प्रतिशत मर्ने सम्भावना रहेकोमा ९ दशमलव २ प्रतिशतको मृत्यु भएको छ । 

त्यसैगरि, स्वासप्रस्वास सम्वन्धी गक्भिर रोग जस्तै निमोनियाका बिरामीहरुमा कारोना लागेमा ६ दशमलव ३ प्रतिशत मृत्यु हुने सम्भावना रहेकोमा ८ प्रतिशतको मृत्यु भएको छ भने उच्च रक्तचापका बिरामीलाई कारोना लागेमा ६ प्रतिशतसम्म मर्ने सम्भावना रहेकोमा ८ दशमलव ४ प्रतिशतको मृत्यु भएको छ । 

त्यस्तै, क्यान्सर रोगिहरुमा कोरोना लागेमा ५ दशमलव ६ प्रतिशत मर्ने सम्भावना गरिएकोमा ७ दशमलव ६ प्रतिशतको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस