aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

लामो दूरीका गाडी बन्द, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
लामो दूरीका गाडी बन्द, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं । सरकारले चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलिले राष्ट्रको नाममा सम्बोधन गर्दै दूरीका गाडी  नचल्ने बताएका हुन् । 

त्यस्तै, चैत ९ देखि १८ गतेसम्म सबै अन्तराष्ट्रिय हवाई उडान रोक लगाएको पनि उनले जानकारी दिए । सीमा नाकामा अनिर्वाय स्वास्थ्य जााचको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले जनाएका छन् ।

उनले भने, ‘ आफ्ना व्यवहार र दैनिकीमा परिर्वतन ल्याउन अपिल गर्छु, साबुन पानीले पटक पटक हात धुनुस्, भीडभाडबाट टाढा रहनुस् र सकेसम्म घरमै बस्नुस् ।’ अर्थतन्त्रमा संकुचन आउन नदिन छिट्टै कार्यक्रम ल्याउने प्रधानमन्त्री ओलिले प्रतिवद्धता पनि जनाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेका छन ।

यस अवधिमा चालू हुने र बन्द हुने सेवाबारे नेपाल राजपत्रमा सूचना जारी हुने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले यही चैत १० गतेदेखि केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुबाहक सवारीसाधन बन्द गरिने पनि जनाए । सो अवधिमा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरुपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि आह्वान गरे  । बजारमा कृत्रिम अभाव हुन नदिन र भएको पाइएमा कडा कारवाही गरिने स्पष्ट पारे ।

प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै उले यही चैत ९ गतेदेखि १८ गतेसम्म हवाई मार्गबाट नेपाल आगमनमा रोक लगाइने पनि उल्लेख गरेका छन । सबै सीमा नाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्न आह्वान गरे । 

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को विशेष विपद् कोषका लागि नेपालका तर्फबाट रु १० करोड उपलब्ध गराउने पनि घोषणा गरे । गत चैत फागुन २१ गते त्रिभुवन विश्वविद्यालयमा मिर्गौला प्रत्यारोपण गरी फागुन ३० गते निवास फर्केका प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभको कामना गर्दा आफूलाई आत्मबल भएको भनी उल्लेख गरिएको थाहा पाएकाले त्यस्तै आत्मबल बनाउन पनि आग्रह गरे  ।

प्रतिक्रिया दिनुहोस