aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

प्रवेश परीक्षा र भर्ना जारी राख्ने विद्यालयलाई कारवाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ चैत्र २०७६
प्रवेश परीक्षा र भर्ना जारी राख्ने विद्यालयलाई कारवाही

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले कोभिड–१९ को जोखिमलाई ध्यान दिई शैक्षिक संस्था बन्द र ठूला जमघट नगर्न सरकारले दिएको निर्देशन विपरीत कतिपय निजी विद्यालयले प्रवेश परीक्षा र विद्यार्थी भर्ना नरोकेकामा आपत्ति जनाएको छ । 

सो सङ्गठनका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले शुक्रबार  विज्ञप्ति जारी गरी त्यस प्रकारको गैरजिम्मेवारपूर्ण हर्कतप्रति घोर निन्दा र आपत्ति प्रकट गर्दै त्यस्ता विद्यालयलाई तत्काल कार्वाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस