aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आमाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ चैत्र २०७६
बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आमाको मृत्यु

पोल्यान्ड । पोल्यान्डमा बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आामाको मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी २७ वर्षीया महिलाको मृत्यु भएको हो । 

उनी विश्वमै कोरोना सङ्क्रमण भएर कम उमेरमा ज्यान गुमाउने पहिलो महिला भएकी छिन् । ती महिलालाई आफ्नै आमाबाट कोरोना भाइरस सङ्क्रमण भएको मानिएको छ । 

उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट कोरोना सङ्क्रमण भएको मानिएको छ । पोल्यान्डका सञ्चार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस