
काठमाडौं । काठमाडौंको थापाथलिमा रहेको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा कोरोना कोभिड १९ को विरामी भेटिएको अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई प्रहरीले पक्राउ गरेको नर्भिक अस्पतालले जनाएको छ ।
उनले झोर्ले न्युज भन्ने अनलाइन मार्फत आम जनातालाई भ्रम फैलाउन खोज्ने थापा मगर राजनीतिककर्मी भएको उनको फेसबेक स्टाटसबाट थाहा भएको छ । उनले भ्रम सृजनृजना गर्नका लागि अडियो अफवाह सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनलको फेसबुक स्टाटसमा उनले राखेको फोटोका अनुसार उनी पशुपति बहुमुखी क्याम्पसमा अध्ययनर नेपाल विद्यार्थी संघमा आवद्ध रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस