aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

चिनियाँ व्यापारीद्धारा नेपाललाई सहयोग गर्ने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
चिनियाँ व्यापारीद्धारा नेपाललाई सहयोग गर्ने घोषणा

काठमाडौं । प्रख्यात चिनियाँ व्यवसायी,  अलि बाबाका संस्थापक तथा परोपकारी ज्याक मालेले नेपाललाई कोरोना भाइरससँग सम्बन्धीत सामाग्री सहयोग गर्ने घोषणा गरेका छन् । उनले  नेपालसहित नौ एशियाली मुलुकलाई कोरोनाभाइरसँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन ।

शनिवार बिहान एउटा ट्वीटमा उनले १८ लाख मास्क, २१०,००० टेस्ट किट, ३६,००० सुरक्षित पोसाक (प्रोटेक्टिभ सुट), केही भेन्टिलेटर र थर्मोमिटर सहयोग गर्ने बताएका छन। तर, उनले लेखेको  ट्वीटम कुन देशलाई कुन र कति सामान दिइने हो भन्ने कुरा खुलाइएको छैन।

उलले अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दि, म्यान्मार, पाकिस्तान र श्रीलङ्कालाई सहयोग गर्ने आफ्नो ट्वीटमा उल्लेख गरेका छन। ज्याक माले अमेरिकासहित अन्य विभिन्न मुलुकलाई सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेका छन्।  

प्रतिक्रिया दिनुहोस