aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतमा जनता कर्फ्यु, नेपाल आउनेको संख्या घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
भारतमा जनता कर्फ्यु, नेपाल आउनेको संख्या घट्यो

भारत ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप भारतमा आज जनता कर्फ्यु लगाइएको छ । विहान सात बजेदेखि सुरु भएको कर्फ्यु बेलुका ९ बजेसम्म कायम रहनेछ । सामाजिक दूरीलाई कायम गर्नेसम्बन्धी जनचेतना जगाउने अभियानस्वरुप यो कर्फ्यु जारी गरिएको हो । भारतमा लगाएको कर्फ्युका कारण नेपाल आउने सख्यामा कमि आएको छ । 

यो अबधिमा औषधिजन्य र आवश्यक सामान बेच्ने पसलहरु पनि खुला रहनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्फ्युको अवधिमा सर्वसाधारणलाई घरबाहिर ननिस्किन आब्हान गरेका छन् ।

भारतमा सम्पूर्ण रेलसेवा पनि बन्द गरिएको छ । रेलमा पनि थुप्रै संक्रमित यात्रुले यात्रा गर्नसक्ने जोखिम बढेको भन्दै यातायातसमेत अवरुद्ध गरिएको हो । अप्रिल १५ सम्म रेल सेवा बन्द गरिने बताइएको छ । भारतमा कोरोना भाइरस।बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ ।

शनिबार भारतभरि ५५ जना नयाँ सङ्क्रमित थपिएपछि संक्रमितको संख्या ३ सय ३२ पुगेको हो । भारतमा कोरोनाका कारण पाँच जनाको मृत्यु भएको छ । २३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस