aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चैत २१ गतेसम्म ‘व्यापार–व्यवसाय’ बन्द गरिने

  • रासस
    रासस
  • आइतबार, ०९ चैत्र २०७६
चैत २१ गतेसम्म ‘व्यापार–व्यवसाय’ बन्द गरिने

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ ।  सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो । 

सङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकाले सङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिए । “व्यापार सङ्घमा आबद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्री वितरण बन्द गर्ने निर्णय गरेका छौँ,” उनले भने । 

अध्यक्ष कार्कीले अत्यावश्यक वस्तुको बिक्री वितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत बताए । बैठकले कोभिड–१९ का कारण उद्योग, तथा व्यापार क्षेत्रसमेतमा ठूलो धक्का लागेकाले बैँक तथा वित्तीय क्षेत्रलाई  व्याजदर र घरधनीलाई घरभाडामा विशेष सहुलियत दिन मागसमेत गरेको छ ।  विसं २०४७ मा स्थापित सङ्घमा हाल झण्डै एक हजार व्यवसायी आबद्ध छन् । 

प्रतिक्रिया दिनुहोस