
एजेन्सी । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । गएको २४ घण्टामा कोरोनाबाट संक्रमितको संख्या ८० जनाभन्दा बढी थपिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म भारतमा कोभिड १९ बाट संक्रमितको सख्या भने ३४८ जना पुगेका छन् ।
भारतका २२ राज्य कोरोना भाइरसबाट प्रभावित भइसकेका छन् भने त्यसमा पनि महाराष्ट्र राज्यमा मात्र ७४ जना संक्रमित भेटिएका छन् । बढ्दो प्रभाव रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान सात बजेदेखि रातको नौ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका छन्।
बिहारको राजधानी सहर पटनाको एक्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको हो । दुबै मिर्गौला काम नलाग्ने भएका उनको शनिबार बिहान मृत्यु भएको थियो । उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।
यति मात्र होइन, प्रधानमन्त्री मोदीले साँझ पाँच बजे सबै मानिसहरूलाई आफ्नो बालकनीमा खडा हुन र ताली बजाउन र थाली खेल्न अपील गरेका छन्। उनीहरूको लागि प्रोत्साहनको कुरा हुनेछ जुन घरबाट बाहिर काम गर्दै आएका छन् सर्वसाधारणलाई यस संकटको घडीमा पनि सुरक्षित राख्न उनले यस्तो अपिल गरेका छन।
प्रतिक्रिया दिनुहोस