काठमाडों । ह्यान्ड स्यानिटाइजर दर्ता गरेर मात्रै बिक्री वितरण गर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले बजारमा स्यानिटाइजरको प्रयोग अत्यधिक भएको तर यसको गुणस्तरको एकिन हुन नसकेको भन्दै दर्ता गर्न उत्पादक कम्पनीहरुलाई आगह गरेको हो ।
स्यानिटाईजर प्रविधिजन्य उत्पादन भएको र यसको सम्पूर्ण नियमन गर्ने अधिकार आफूहरुलाई भएको औषधि व्यवस्था विभागले विज्ञप्तिमा भनेको छ।
स्यानिटाइजरको उत्पादन, गुणस्तर, निकासी, पैठारी तथा मापदण्डको निश्चित गर्न आवश्यक रहेको भन्दै विभागले बजारमा रहेका उत्पादनलाई तीनमहिना भित्र दर्ता भई
सक्न आग्रह गरेको छ
प्रतिक्रिया दिनुहोस