काठमाडौं । नेपाल ट्रक यातायात व्यावसायी महासंघले ढुवानी सेवा नरोक्न आग्रह गरेको छ । महासंघले शुक्रवार एक विज्ञेप्ती जारी गर्दै ढुवानी व्यावसाय पनि अत्यावश्यक सेवा अन्र्तगत पर्ने भएकाले यसलाई नरोक्न आग्रह गरेको हो ।
नेपाल ट्रक यातायात व्यावसायी महासंघका महासचिव रोजेन्द्र बिक्रम बानियाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘ढुवानी व्यावसाय पनि अत्यावश्यक सेवा अन्र्तगत पर्ने भएकाले नेपाल ट्रक व्यावसायी महासंघका सम्पुर्ण सदस्य संस्थाहरु एंव व्यावसायीहरुले यसको संक्रमणकालिन अवस्थामा आपूर्ति व्यावस्थालाई सहज पार्न निर्वाधरुपमा ढुवानीका साधनहरु सञ्चालन गर्न गराउन सम्बन्धित सबैका लागि अनुरोध गरेको छ ।’

प्रतिक्रिया दिनुहोस