aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

तीन नेपालीलाई बहराइनमा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
तीन नेपालीलाई बहराइनमा कोरोना संक्रमण

काठमाडौं । बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।

परीक्षणको क्रममा नेपाली तीन जना पुरुष व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि भएको बहराइनस्थित नेपाली राजदूताबासले जनाएकाे छ ।

त्यस्तै, कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बस्नेमा दुई पुरुष र एक महिला छन् । उनीहरु काम गर्ने घरमा इरानबाट आएका एक जनालाई कोरोना पोजेटिभ देखिएपछि त्यो घरको सम्पूर्णलाई एक हप्तादेखि क्वारेन्टाइनमा राखिएको जनाएकाे छ ।

बहराइनमा कोरोना संक्रमण देखिएको जुन देशको नागरिक भए पनि उनीहरुलाई सरकारले देशमै राखि उपचार गरिरहेको पनि उनले बताए । बहराइनमा रोजगारीका लागि करिब ३५ हजार कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस